मुख्य समाचार
प्रत्यक्षतर्फ नेकपा पहिलो पार्टी बन्छ
प्रत्यक्षतर्फ नेकपा पहिलो पार्टी बन्छ

: नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वच्छ,निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दावी गरेका छन्।




पार्टीको रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले केहि शक्तिहरू निर्वाचनलाई गलत ढंगले प्रभावित पार्ने कोसिसमा रहेको भन्दै स्वच्छ,निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दावी गरे।


प्रत्यक्षतर्फ पार्टी पहिलो हुने अवस्था देखिए पनि समानुपातिकमा भने नेकपा पहिलो हुने सम्भावना कम रहेको उनको भनाइ छ। प्रचण्डले पार्टी पंक्तिले अलि मेहनत गरे प्रत्यक्ष र समानुपातिक जोड्दा एक नम्बर पार्टी बन्ने सम्भावना रहेको धारणा राखे । उनले निर्वाचनका बारेका यसअघि धेरै प्रश्न उठे पनि नेकपाले निर्वाचनमा जोड दिएको र देश निर्वाचनमय भएको बताए।




प्रचण्डले जेनजी आन्दोलनपछि मुलुक असाधारण जटिल परिस्थितिबाट गुज्रिएकाले राष्ट्रलाई एकताबद्ध गर्ने र आन्दोलनलाई एउटा नयाँ उचाइ दिनका लागि आफूले रुकुम पूर्वलाई चयन गरेको उल्लेख गरे।

उनले सहिदहरूका सपना,क्रान्तिकारीहरूका सपनालाई पूरा गर्न समुदायमा आधारित समाजवादको मोडेल खडा गर्ने प्रतिवद्धता जनाए । रुकुम पूर्व नेपाली क्रान्तिको,जनयुद्धकालको एउटा केन्द्रीय आधार इलाका भएकाले आफ्ना लागि खास क्षेत्र रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभा निर्वाचनको लागि रौतहटमा १८ वटा मतदान केन्द्र र १ मतदान स्थल थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार दिएको २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा यस वर्ष १८ वटा मतदान केन्द्र र एउटा मतदानस्थल थप गरिएको हो। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा ५ सय २३ वटा मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर शुक्रबार काठमाडौं फर्किएका हुन् । माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र ...
: मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ...
वनमन्त्री चिडियाखानाबाट सरे
: गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैध उत्खनन गरेको नाप जाँच भएपछि त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खननमा रोक लगाएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम