: सिरहाको सदरमुकाममा सिरहा नगरपालिकामा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । स्थानीय प्रेमनाथ यादवको गोली प्रहारबाट हत्या भएको र घटनाबारे अनुसन्धान भईरहेको घटनास्थलबाट सिरहाका एसपी बासुदेव पाठकले जानकारी गराए । मृतक यादव सामान्य माटो पुर्ने व्यक्ति रहेको बुझिएको छ ।
स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनारमा आफ्नै खेतमा ट्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । यादवको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी दिँदै वडा अध्यक्ष महेशकुमार यादवले खेत जोत्न गएका बेला उनीमाथि गोली प्रहार गरी हत्या गरिएको खबर प्राप्त भएको बताए । घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।