: गोरखाको आरुघाट गाउँपालिकाका २०० भन्दा बढी युवा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका, माला र खादा लगाएर औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्।
पार्टी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार राजन गुरुङको संयोजनमा एकै पालिकाका २ सयभन्दा बढी युवालाई आज पार्टी संयोजक प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा प्रवेश गर्ने युवाहरूले प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा एमाले तथा नेपाली कांग्रेस परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा भुजन गुरुङ, रोनिस बराम, दीपक तामाङ, इन्द्रबहादुर गुरुङ, सुपेन्द्र गुरुङ, सञ्जीव गुरु, टेकबहादुर बराम, गणेश बराम लगायतका युवा छन् ।
कार्यक्रममा बोल्दै पार्टी संयोजक प्रचण्डले गोरखाको आरुघाटमा कमजोर रहेको पार्टी अब युवाहरूको प्रवेशले पार्टीलाई सशक्त बन्ने विश्वास व्यक्त गरे।