मुख्य समाचार
आर्थिक वर्ष २०८२/८३ को कार्तिकदेखि पुस मसान्तसम्म (दोस्रो त्रैमासिक)को विवरणअनुसार कुल बजेटमध्ये चालु खर्चको हिस्सा उच्च
आर्थिक वर्ष २०८२/८३ को कार्तिकदेखि पुस मसान्तसम्म (दोस्रो त्रैमासिक)को विवरणअनुसार कुल बजेटमध्ये चालु खर्चको हिस्सा उच्च

: आर्थिक वर्ष २०८२/८३ को कार्तिकदेखि पुस मसान्तसम्म (दोस्रो त्रैमासिक)को विवरणअनुसार कुल बजेटमध्ये चालु खर्चको हिस्सा उच्च देखिएको छ। पुँजीगत खर्च अपेक्षाकृत कमजोर देखिएको छ।




अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसमध्ये चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) रुपैयाँ विनियोजन गरिएको छ।


कात्तिकदेखि पुस मसान्तसम्मको कुल खर्चको प्रगति ४६.०६ प्रतिशत पुगेको छ। यस अवधिमा चालु खर्चको प्रगति ४०.८२ प्रतिशत रहेको छ भने पुँजीगत खर्चको प्रगति मात्र ११.६६ प्रतिशतमा सीमित देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पुँजीगत खर्च झन् घटेको तथ्यांकले देखाएको छ।




बजेट कार्यान्वयनको समीक्षामा सार्वजनिक ऋणको अवस्था पनि उल्लेखनीय देखिएको छ। पुस मसान्तसम्म कुल सार्वजनिक ऋण २८ खर्ब ०६ अर्ब ३९ रुपैयाँ करोड पुगेको छ, जुन कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४५.९५ प्रतिशतबराबर हो। कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ प्रतिशत रहेको छ। राजस्व संकलनको अवस्था भने लक्ष्यअनुसार सन्तोषजनक नदेखिएको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ।

बजेट तथा कार्यक्रम महाशाखाका अनुसार चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको तुलनामा दोस्रो त्रैमासिक (कात्तिक–पुस) सम्म राजस्व संकलन अपेक्षाकृत कम रहेको छ, जसले बजेट कार्यान्वयनमा थप दबाब सिर्जना गर्न सक्ने देखिन्छ।

निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि स्रोत सहमति

बजेट तथा कार्यक्रम महाशाखाले चालु आर्थिक वर्षमा निर्वाचन व्यवस्थापन र सुरक्षा निकायसँग सम्बन्धित विभिन्न शीर्षकमा स्रोत सहमति दिएको छ। महाशाखाले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य पदको निर्वाचन, सुरक्षा उपकरण खरिद र सम्बन्धित निकायका चालु खर्चका लागि अर्बौं रुपैयाँको स्रोत सहमति प्रदान गरिएको हो।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि निर्वाचन आयोगलाई हालसम्म ६ अर्ब ७३ करोड ६६ लाख रुपैयाँको स्रोत सहमति प्रदान गरिएकोे छ। अर्थले यहि कात्तिक १८ गते ४ अर्ब ९६ करोड ६६ लाख र मंसिर २० गते १ अर्ब ७७ करोड ९० हजार गरी ६ अर्ब ७३ करोड ६६ लाख ९० हजारको स्रोत सहमति प्रदान गरेको हो। यसैगरी, प्रतिनिधिसभा निर्वाचन प्रयोजनकै लागि निर्वाचन आयोगलाई ६ अर्ब ३१ करोड रुपैयाँ रकम निकासा गरिएको छ।

सुरक्षा तथा अनुसन्धानसँग सम्बन्धित निकायहरूलाई पनि बजेटीय सहमति दिइएको छ। राष्ट्रिय अनुसन्धान विभागलाई कात्तिक १३ गते २ करोड ८० लाखको स्रोत सहमति प्रदान गरिएको छ। नेपाली सेनालाई सुरक्षा उपकरण खरिदका लागि मंसिर २४ मा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ स्वीकृत गरिएको छ।

गृह मन्त्रालय तथा अन्तर्गतका निकायहरूलाई प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि चालु वर्षतर्फ १० अर्ब ३९ करोड ३४ लाख ८० हजार रुपैयाँको स्रोत सहमति प्रदान गरिएको छ। साथै, नेपाली सेनालाई प्रतिनिधिसभा निर्वाचनकै लागि पुस २० मा चालु खर्चतर्फ १ अर्ब ९४ करोड ६८ लाख ५५ हजार रुपैयाँ स्वीकृत गरिएको छ।

त्यस्तै, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि निर्वाचन आयोगलाई मंसिर १२ मा ४ करोड ३१ लाख ७९ हजार रुपैयाँको स्रोत सहमति प्रदान गरिनुका साथै उक्त रकम निकासासमेत भइसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । ‘आजको छलफल कुनै औपचारिक टिप्पणीमा सीमित रहने ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारीसँग छलफल गरेका छन् । मन्त्रीसँगको छलफलमा उनीहरूले बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्न लगानीमैत्री वातावरणको विकास गर्नुपर्ने सुझाएका छन् । हाल कर्जाको माग नबढ्नुमा लगानी वातावरण नै प्रमुख रहेको उनीहरूले बताए। अर्थतन्त्रको पछिल्लो अवस्था र वित्तीय क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकका विभागहरूले के कसरी ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् । बुधवार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले सो धारणा राखेका हुन् । निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उनले उल्लेख गरे । उनले सरकारको सोच, प्राथमिकता ...
: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एक जना महिलासहित सात सदस्यीय बनाउन सहमति जुटाएको छ । मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा ९ सदस्यीय सञ्चालक समिति प्रस्ताव गरिएकोमा पूर्ववत रुपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो । बैठकमा अर्थमन्त्री डा. ...
। अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले सुनको मौजुदा वितरण प्रणालीलाई परिमार्जन गरी सहज र पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् । सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले हाल कायम रहेको दैनिक २५ किलोको बिक्री सीमा र वितरण प्रक्रियालाई व्यावहारिक बनाउन आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार वैदेशिक मुद्रा सञ्चितिको सन्तुलन कायम राख्न नेपाल राष्ट्र ...