मुख्य समाचार
निर्बाध रूपमा पेसा व्यवसाय गर्न पाउने र सम्पत्तिको हक सम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने गरी राजनीतिक दलहरूले घोषणापत्र तयार गर्नुपर्ने
निर्बाध रूपमा पेसा व्यवसाय गर्न पाउने र सम्पत्तिको हक सम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने गरी राजनीतिक दलहरूले घोषणापत्र तयार गर्नुपर्ने

: नेपाल उद्योग वाणिज्य महासंघले निर्बाध रूपमा पेसा व्यवसाय गर्न पाउने र सम्पत्तिको हक सम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने गरी राजनीतिक दलहरूले घोषणापत्र तयार गर्नुपर्ने जनाएको छ।




शनिबार काठमाडौंमा राजनीतिक दलका घोषणापत्रमा निजी क्षेत्रलाई समेट्नुपर्ने विषयहरू सार्वजनिक गर्दै महासंघले देशको रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व योगदानकर्ता एवं सम्पत्ति निर्माणकर्ता उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्बाध पेसा व्यवसाय गर्न पाउने र सम्पत्तिको हक सम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने गरी राजनीतिक दलहरूले घोषणापत्र तयार गर्नुपर्ने जनाएको हो।


निजी क्षेत्रको मनोबल आधुनिक समयको सबैभन्दा न्यून अवस्थामा रहेकाले नै बैंकहरूमा पर्याप्त रकम भए पनि निजी क्षेत्र ऋण लिएर उद्यम गर्न तयार भएको महासंघको भनाइ छ। महासंघका अध्यक्ष चन्द्र ढकालले यसैगरी निजी क्षेत्र निरुत्साहित हुँदै जाने हो भने रोजगारी र राजस्व थप संकुचित भई मुलुक असफलता तर्फ उन्मुख हुने भएकाले यसमा राजनीतिक दलहरुले विशेष ध्यान दिनुपर्ने बताए।




उनले सरकारले पर्यटन उद्योगलाई उद्योग सरहको मान्यता दिए पनि सोही अनुरूप नीति कार्यान्वयन नभएकाले यसमा ध्यान दिनुपर्ने बताए। बजारको माग बढाउन र सर्वसाधारणको जीवन सहज बनाउन हालको उच्च आयकरको दर घटाउनु आवश्यक रहेको उनले उल्लेख गरे।

अध्यक्ष ढकालले निजी क्षेत्र सुरक्षित, सम्मानित र उत्साहित भए मात्रै रोजगारी बढ्ने र राजस्व विस्तार हुने भएकाले निजी क्षेत्रलाई निर्बाध रूपमा काम गर्ने वातावरण र सोही अनुरूप नीति नियम बनाएर लगानी प्रोत्साहित गर्न सकिए सोचेजस्तो आर्थिक विकास हुने बताए।

राजनीतिक दलहरूले निजी क्षेत्रको मर्मलाई बुझ्दै घोषणापत्र र कार्यान्वयनयोग्य नीति ल्याउनुपर्छ भन्ने महासंघको धारणा रहेको ढकालले बताए। उनले घोषणापत्र बन्ने तर पछि घोषणापत्रमा उल्लेख भएका विषयहरू नै कार्यान्वयन नहुने परिपार्टीलाई चिर्दै कार्यान्वयनमुखी घोषणापत्र तयार हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभा निर्वाचनको लागि रौतहटमा १८ वटा मतदान केन्द्र र १ मतदान स्थल थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार दिएको २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा यस वर्ष १८ वटा मतदान केन्द्र र एउटा मतदानस्थल थप गरिएको हो। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा ५ सय २३ वटा मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर शुक्रबार काठमाडौं फर्किएका हुन् । माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र ...
: मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ...
वनमन्त्री चिडियाखानाबाट सरे
: गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैध उत्खनन गरेको नाप जाँच भएपछि त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खननमा रोक लगाएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम