मुख्य समाचार
सिम्रिक एयरले नयाँ हेलिकप्टर थप गरेको छ
सिम्रिक एयरले नयाँ हेलिकप्टर थप गरेको छ

: सिम्रिक एयरले नयाँ हेलिकप्टर थप गरेको छ। उच्च हिमाली तथा दुर्गम भौगोलिक क्षेत्रमा सञ्चालन क्षमता थप सुदृढ गर्ने उद्देश्यसहित एयरबस एच१२५ (एएस३५० बी३ ई) हेलिकोप्टर आफ्नो फ्लीटमा थप गरेको कम्पनीले जानकारी दिएको छ।




९ एन–एओओ दर्ता नम्बरको उक्त हेलिकप्टर २०२६ जनवरी ३० देखि औपचारिक रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। यससँगै सिम्रिक एयरको फ्लीटमा तीनवटा एयरबस एच१२५ र एकवटा बेल ५०५ जेट रेन्जर एक्स गरी कुल ४ हेलिकप्टर सञ्चालनमा रहेका छन्।


विश्वभर उच्च उचाइमा उत्कृष्ट प्रदर्शन गर्ने हेलिकप्टरका रूपमा परिचित एयरबस एच१२५ हिमाली उद्धार, आकस्मिक स्वास्थ्य सेवा (मेडिकल इभ्याकुएसन), तीर्थयात्रा उडान तथा दुर्गम क्षेत्रमा चार्टर सेवाका लागि अत्यन्त उपयुक्त मानिन्छ। शक्तिशाली इन्जिन, उच्च भार वहन क्षमता र भरपर्दो प्रविधिका कारण यो हेलिकप्टर हिमालयजस्तो चुनौतीपूर्ण वातावरणमा सफलतापूर्वक सञ्चालन गर्न सक्षम रहेको सिम्रिक एयरले जनाएको छ।




नयाँ हेलिकप्टर थपिएसँगै सिम्रिक एयरले सरकारी निकाय, पर्यटन तथा ट्रेकिङ व्यवसायी, कूटनीतिक नियोग, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरू, निजी क्षेत्र तथा अस्पतालसहितका आपत्कालीन सेवाप्रदायकलाई अझ सुरक्षित, छरितो र प्रभावकारी सेवा दिन सक्ने विश्वास लिएको छ।

एयरबस एच१२५ विशेष रूपमा कठिन भौगोलिक बनावट र चरम मौसमीय अवस्थामा सञ्चालन गर्न डिजाइन गरिएको हेलिकप्टर हो। यसले कम्पनीको उच्च हिमाली उद्धार तथा अपरेसन क्षमतालाई थप मजबुत बनाउँदै सेवाग्राहीलाई छिटो र लचिलो सेवा प्रदान गर्न सहयोग पुर्‍याउने सिम्रिक एयरको भनाइ छ। उक्त हेलिकप्टर पर्वतीय उद्धार तथा आकस्मिक निकासी, उच्च उचाइमा लङलाइन रेस्क्यु, कार्गो स्लिङ लोड, ट्रेकिङ तथा चार्टर उडान, हवाई आगलागी नियन्त्रण, हवाई सर्वेक्षण, फिल्म तथा फोटोग्राफी, भीआईपी तथा कर्पोरेट चार्टर, तीर्थयात्रा उडान र अन्य विशेष मिसनमा प्रयोग गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम