मुख्य समाचार
मन्त्री श्रद्धा श्रेष्ठले नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमार्फत दुई देशबीचको सम्बन्ध सुदृढ बन्दै गइरहेको बताए
मन्त्री श्रद्धा श्रेष्ठले नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमार्फत दुई देशबीचको सम्बन्ध सुदृढ बन्दै गइरहेको बताए

— महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमार्फत दुई देशबीचको सम्बन्ध सुदृढ बन्दै गइरहेको बताएकी छन् ।

चिनियाँ नयाँ वर्ष २०२६ को अवसरमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मानमा आधारित रहेको बताइन् ।

उनले खेलकुद र संस्कृतिलाई जनस्तरको कूटनीतिक सेतुका रूपमा सुदृढ गर्नुपर्नेमा जोड दिँदै भनिन् `खेलकुदले भाषा, भूगोल र राजनीतिक सीमाभन्दा माथि उठेर मित्रता, सहकार्य र आपसी विश्वास निर्माण गर्ने प्रभावकारी माध्यमका रूपमा काम गर्छ ।´

उनले नेपालको विकास यात्रामा चीनबाट प्राप्त सहयोग, विशेषतः पूर्वाधार विकास तथा २०१५ को भूकम्पपछिको मानवीय सहायता र पुनर्निर्माण सहयोगप्रति आभार व्यक्त गरिन् ।

चिनियाँ नयाँ वर्षलाई नवीकरण, सद्भाव, सहनशीलता र आशाको प्रतीकका रूपमा उल्लेख गर्दै उनले पछिल्ला वर्षहरूमा नेपालमा लालटिन महोत्सव, ड्रागन बोट उत्सवजस्ता सांस्कृतिक कार्यक्रम लोकप्रिय बन्दै गएको बताइन् । यस्ता कार्यक्रमहरूले दुई देशका समुदायलाई नजिक ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

उद्घाटन समारोहमा नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत झोउ पान, युवा तथा खेलकुद मन्त्रालयका स्थायी सचिव लोकनाथ पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचन्द्र मेहता, एन्फा महासचिव किरण राई तथा युनान विश्वविद्यालय खेलकुद संस्थानका उपनिर्देशक चेन–हेन छिङको उपस्थिति थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय र नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा शनिबार दशरथ रंगशालामा नेपाल यू–२० महिला राष्ट्रिय टोली र चीनको युनान प्रान्तको युथ महिला टोलीबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । खेलमा नेपाल यू–२० महिला टोलीले युनान टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो । कार्यक्रममा नेपाल र चीनका सांस्कृतिक विविधता झल्काउने प्रस्तुतिहरू पनि प्रस्तुत गरिएका थिए । चीनतर्फबाट ड्रागन नृत्य र नेपालतर्फबाट पञ्चेबाजाको प्रस्तुति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार दशरथ रंगशालामा आयोजित मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय यू–२० टोलीले युनान प्रान्तीय युवा टोली चीनविरुद्धको ३–१ को जित पाएको छ । अन्तिम समयमा तीन गोल गरेपछि नेपाली यू–२० टोलीले जित हात पारेको हो । पहिलो हाफमा एक गोलले पछि परेको स्थितिमा नेपालबाट सुक्रिया मिया, कप्तान बिर्सना चौधरी र सजनी स्याङ्तानले गोल गरेका थिए । खेलको ...
: मोफसलकै प्रतिष्ठित तथा लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुने विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । फागुन ४ गतेसम्म सञ्चालन हुने यस पटकको प्रतियोगिता ...
। साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमै नेपाल भारतसँग पराजित भएको छ । पोखरा रंगशालमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग १-० ले पराजित भयो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा पर्ल फर्नान्डेजले भारतका लागि वियजी गोल गरिन् । उनले दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै गोल गर्दै भारतलाई ...
। आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले भारतको एमसीए प्रेसिडेन्ट ११ सँगको दोस्रो अभ्यास टी-२० खेल पनि जितेको छ । शनिबार ब्राबोर्न स्टेडियममा भएको खेलमा नेपालले एमसीए प्रेसिडेन्ट ११ लाई ४८ रनले पराजित गरेको हो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको एमसीएले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन मात्र बनायो । एमसीएका ...
। थाइल्यान्ड आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटबाट एक खेल खेल्नुअगावै बाहिरिएको छ । शुक्रबार भएको सुपर सिक्सअन्तर्गतको खेलमा अमेरिकासँग २८ रनले पराजित भएसँगै थाइल्यान्डको विश्वकपमा छनोट हुने सम्भावना सकिएको हो । सुपर सिक्समा शून्य अंकबाट सुरुवात गरेको थाइल्यान्डले अब अन्तिम खेल जितेपनि पर्याप्त हुने छैन । अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९ ओभरमा १०० रनमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम