मुख्य समाचार
गत भदौ २३–२४ मा भएको जेन्जी-आन्दोलन पछि पहिलोपटक कर्णाली प्रदेशसभा बैठक
गत भदौ २३–२४ मा भएको जेन्जी-आन्दोलन पछि पहिलोपटक कर्णाली प्रदेशसभा बैठक

— गत भदौ २३–२४ मा भएको जेन्जी-आन्दोलन पछि पहिलोपटक कर्णाली प्रदेशसभा बैठक (आज) आइतबार बस्दैछ । हिउँदे अधिवेशनको बैठक दिउँसो १ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

९ माघमा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि चालु आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट पारित गरेर २१ साउनमा छैटौँ अधिवेशन अन्त्य भएको थियो ।

यसपटकको प्रदेशसभा अस्थायी संसद् कक्षबाट सुरू हुनेछ । २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा प्रदेशसभामा पूर्ण रूपमा क्षति पुगेको थियो । प्रदेशसभा मर्मतकै क्रममा रहेकोले बैठक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रको सभाहलमा अधिवेशन सञ्चालन हुनेछ ।

आन्दोलनमा कर्णाली प्रदेश सरकार मातहतको प्रदेशसभा सचिवालय परिसरका भवनमा समेत आन्दोलनकारीले तोडफोड र आगजनी गरेर करोडौंको क्षति पुर्‍याएका थिए ।


आन्दोलनकारीले संसद भवनभित्र गरेको आगजनी र तोडफोडले फर्निचर, फिक्चर्स, कम्प्युटर, इलेक्ट्रोनिक्स, सवारीसाधन र अन्य भौतिक संरचना तथा सामग्रीमा ठूलो क्षति पुगेको थियो ।

प्रदेशसभा सचिवालयका अनुसार आगजनी र तोडफोडका कारण ३ करोड ९४ लाख १६ हजार ३९४ रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो । आन्दोलनका कारण क्षति पुगेको प्रदेशसभा भवनमा तत्काल संसद बैठक बस्न नसकिने अवस्था रहेकाले वैकल्पिक उपाय अपनाएर अधिवेशन गर्न लागिएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।



केही समय अघिसम्म प्रदेशसभाकै सूचना प्रविधि कक्षबाट बैठक सञ्चालन गर्ने तयारि गरिएको थियो । तर पछि प्रशिक्षण केन्द्रमा तयारी गरियो ।

प्रदेशसभा परिसरमा निर्माणधीन अस्थायी बैठक कक्ष पूरा नहुन्जेल बैठक यहिँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— डडेलधुराको अमरगढी नगरपालिका–११ धनघाटमा शनिबार साँझ जिल्ला निर्वाचन कार्यालय डोटीको गाडी दुर्घटनामा परेको छ । डोटीको जोरायलबाट दिपायल फर्किँदै गरेको गाडी साँझ पौने ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र तीन जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी ...
— गौमुखी गाउँपालिका–६ लिबाङकी शर्मिला घर्तीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमान् र देवरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार १९ वर्षीय शर्मिला घर्तीको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान् २० वर्षीय अनिल घर्ती र १८ वर्षीय देवर जनक घर्तीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । माघ १६ गते ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तथा जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिन शनिबार काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका मन्त्री अर्यालले मन्त्रालयले जारी गरेको निर्वाचनमा समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा कार्यान्वन गर्न प्रमुख जिल्ला अधिकारी ...
— नेकपा संयोजक पुष्पकमल दाहालले सत्ताको भागबण्डामा सहभागी नहुने बताएका छन् । आइतबार भिडियो सन्देश जारी गर्दै दाहालले आफू अरु पुराना नेताहरूजस्तो नभएको दाबी गरेका हुन् । 'आजको यो घडी मेरा लागि केवल सत्ताको कुरा होइन। यो त यो देशको भविष्य र विशेष गरी मेरा युवा साथीहरू जेन-जीका छोराछोरीहरूको सपनाको कुरा हो। धेरैलाई लाग्न सक्छ ...
नेपाल विद्युत् प्राधिकरणले जलविद्युत् आयोजनाहरूलाई विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गर्न भनेर गत वैशाखमा सूचना जारी गरेको थियो