मुख्य समाचार
बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बताएका छन्
बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बताएका छन्

— चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको आलोचनाका लागि बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको शुक्रबार बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बताएका छन् ।

सांसदहरूलाई चीन प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो र सन् २०२१ मा चिनियाँ संस्थाहरूलाई उनीहरूसँग व्यापार गर्न प्रतिबन्ध लगाइएको थियो । बेइजिङले आफ्नो सिन्जियाङ क्षेत्रमा मुस्लिम उइगुर अल्पसंख्यकहरूप्रति चीनले गरेको व्यवहारलाई लिएर उनीहरूले ‘झूट र गलत सूचना’ फैलाएको आरोप लगाएको छ ।

प्रभावित हुनेमा सन् २०१६ सम्म सुरक्षामन्त्री टम टुगेनधाट र पेन्सनमन्त्री इयान डंकन स्मिथ रहेका छन् । 'मैले त्यो मुद्दा उठाएको थिएँ र चिनियाँहरू प्रतिक्रियामा पूर्ण रूपमा स्पष्ट छन्, प्रतिबन्धहरू अब लागू हुँदैनन् । राष्ट्रपति सीले मलाई भन्नुभयो कि यसको मतलब सबै सांसदहरूलाई स्वागत छ,' स्टार्मरले एक बेलायती टेलिभिजनसँगको अन्तर्वार्तामा भने ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग आर्थिक सम्बन्ध बढाउनका लागि चीन भ्रमणका क्रममा उनले भने, 'यसले के देखाउँछ भने यदि हामी वार्ता र सहकार्यलाई जारी गर्‍योँ भने अप्ठ्यारा मुद्दाहरू पनि उठाउन समाधान गर्न सकिन्छ ।'

स्टार्मरको भ्रमणलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गरेका थिए भने यसको बेलायतमा समेत आलोचना भएको थियो ।

बेइजिङमाथि सन् २०१७ देखि १० लाखभन्दा बढी उइगुर र अन्य मुस्लिमहरूलाई हिरासतमा राखेको आरोप लगाइएको छ, जुन प्रमाणित भएमा संयुक्त राष्ट्र संघले ‘मानवता विरुद्धको अपराध’ मान्नसक्ने अभियानको एक हिस्सा हो ।

चीनले आफ्नो नीतिले सिन्जियाङमा अतिवादलाई जरैदेखि उखेलेको र आर्थिक विकासलाई बढावा दिएको भन्दै आरोपको कडा खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम