मुख्य समाचार
माइक्रो दुर्घटना, २ जना सख्त घाइते
माइक्रो दुर्घटना, २ जना सख्त घाइते

— पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयमा शुक्रबार साँझ ७ बजेर १० मिनेटतिर इभी माइक्रो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.प्र. ०१–००२ज८५१८ नम्बरको इभी माइक्रो चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा सवार १२ जनामध्ये २ जनाको अवस्था गम्भीर, ४ जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते रहेका जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।

गम्भीर घाइते हुनेमा इभी माइक्रो चालक काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका अन्तर्गत हर्कपुर बस्ने अन्दाजी २३ वर्षीय मनिष कुँवर रहेका छन् । उनको पेट र छातीमा भित्री चोट लागेको छ । यस्तै, कास्की पोखरा महानगरपालिका अन्तर्गत चमेरे गुफा बस्ने अन्दाजी २१ वर्षीया अन्जली पुनको टाउकोमा चोट लागी बोल्न नसक्ने अवस्था रहेको छ ।

मध्यम घाइते हुनेमा रौतहट माधवनारायण नगरपालिका–१ बस्ने १९ वर्षीय धिरज यादव, काठमाडौं महानगरपालिका–अनामनगर बस्ने २० वर्षीय आदर्श सुनार, मकवानपुर थाहा नगरपालिका–९ बस्ने २३ वर्षीय राज बलामी (सहचालक) र पाँचथर हिलीहाङ गाउँपालिका–३ बस्ने २० वर्षीया इच्छा लिम्बू रहेका छन् ।


घाइतेहरूलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको छ । चालक, सहचालक र अन्जलीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

सामान्य घाइते ६ जनाको अवस्था खतरामुक्त रहेकाले अस्पताल भर्ना गर्न नपरेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसपटक आफ्नो पार्टीले कुनै पनि पार्टीसँग तालमेल नगरेको र अन्य कुनै पनि पार्टीका उम्मेदवारलाई नसघाउने बताएका छन्। विशेषगरि झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग हुन्छ कि हुँदैन भन्ने कान्तिपुरको जिज्ञासामा उनले यसपाली कसैलाई पनि यो क्षेत्रमा राप्रपाले नसघाउने प्रष्ट पारेका हुन्। ‘सघाउने नै हो भने ...
— संखुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । चैनपुर–१० इखुम्बुमा खुकुरी प्रहारबाट ४७ वर्षीय लिलाप्रसाद राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए । आज दिउँसो छिमेकी ५९ वर्षीय शिवकुमार राईको खुकुरी प्रहारबाट लिलाप्रसादको मृत्युु भएको प्रहरी निरीक्षक अर्यालले बताए । उनका अनुसार गाईवस्तुले घाँस खाएको ...
— आगामी फागुन २१ मा हुने निर्वाचनका क्रममा सुदूरपश्चिमका ४६ वटा मतदानस्थलहरु हिमपातको जोखिम सूचीमा राखिएको छ । बाजुरा २२, डडेलधुरामा १९ र बझाङमा पाँच वटा मतदानस्थललाई हिमपात हुनसक्ने जोखिमको सूचीमा राखिएको छ । यी स्थानहरूमा फागुन तेस्रो साता पनि हिमपात हुनसक्ने जोखिम हुने गरेको छ । दार्चुलामा टिंकर र छाङरु मतदानस्थलमा हिमपात हुने भए ...
निर्वाचन आचारसंहिता उल्लंघन आरोपमा दुई प्रधानाध्यापकलाई स्पष्टीकरण
— आरुघाट गाउँपालिका–३ घुमाउनेमा मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल शनिबार साँझ अनियन्त्रीत भएर सडकको दायाँ भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । टाउको र अनुहारमा चोट लागेर अचेत अवस्थामा रहेका मोटरसाइकल चालक ...