मुख्य समाचार
अन्टार्टिका महादेशमा नेपाली पोसाक दौरा-सुरुवाल लगाएर म्याराथन पूरा गरी नेपाली मूलका अमेरिकी धावक बाल जोशीले कीर्तिमान कायम
अन्टार्टिका महादेशमा नेपाली पोसाक दौरा-सुरुवाल लगाएर म्याराथन पूरा गरी नेपाली मूलका अमेरिकी धावक बाल जोशीले कीर्तिमान कायम

— बाह्रै मास हिउँले ढाकिने अन्टार्टिका महादेशमा नेपाली पोसाक दौरा-सुरुवाल लगाएर म्याराथन पूरा गरी नेपाली मूलका अमेरिकी धावक बाल जोशीले कीर्तिमान कायम गरेका छन् ।

जोशीले वर्ल्ड म्याराथन च्यालेञ्जअन्तर्गत शनिबार अन्टार्टिकामा सम्पन्न पहिलो म्याराथन पूरा गरेर कीर्तिमान कायम गरेका हुन् । उनी दौरा-सुरुवाल लगाएर अन्टार्टिकामा म्याराथन पूरा गर्ने पहिलो धावक पनि बनेका छन् ।

अन्टार्टिकाको कठ्यांग्रिँदो माइनस २० डिग्री तापक्रममा शनिबार बिहान जोशीले ४२ किमि लामो म्याराथन पूरा गरे । नेपाली पोसाकमा हिउँमा कुदेका जोशीले अन्त्यमा अमेरिकी र नेपाली झण्डा फहराएका थिए ।

अन्टार्टिकाको समयअनुसार बिहान ३ बजे म्याराथन सुरु भएको थियो । हिउँमा दौरा-सुरुवाल लगाएर दौडिनु असम्भव मानिएको यो दौड उनले सहजै पूरा गरेको बताए ।

शनिबार अन्टार्टिकाबाट सुरु भएको वर्ल्ड म्याराथन च्यालेञ्ज ‘७७७’ को पहिलो शृंखलामा ३२ देशका ५६ धावक सहभागी थिए, जसमध्ये जोशी एक हुन् ।
२०१५ मा देखि हरेक वर्ष सञ्चालन हुँदै आएको यो म्याराथन अत्यन्त चुनौतीपूर्ण मानिन्छ । सात उद्देश्यसहित सातै महादेशमा सात दिनसम्म लगातार सञ्चालन हुने यो म्याराथनलाई ७७७ म्याराथन भनिन्छ ।

नेपाली सम्पदा र संस्कृतिको विश्वव्यापी प्रचारका लागि वर्ल्ड म्याराथनमा दौरा-सुरुवाल लगाएर दौडिएको जोशीले बताए । अन्टार्टिकाको म्याराथन पूरा गरेर अफ्रिकाको केप टाउन पुगेका जोशी १ फेब्रअरी (आइतबार) त्यहाँ सञ्चालन हुने म्याराथनमा सहभागी हुनेछन् ।



अन्टार्टिकाबाट सुरु भएको म्याराथन सातौं दिनमा अमेरिकाको मायामीमा समापन हुने छ । अन्टार्टिकामा पहिलो (३१ जनवरी), अफ्रिकाको केप टाउनमा दोस्रो (१ फेब्रुअरी), अष्ट्रेलियाको पर्थमा तेस्रो (२ फेब्रुअरी) एसियाको दुबईमा चौथो (३ फेब्रुअरी), स्पेनको म्याड्रिडमा पाँचौं (४ फेब्रुअरी) ब्राजिलमा छैटौं (५ फेब्रुअरी) र अमेरिकाको मायामीमा सातौं तथा अन्तिम म्याराथन (६ फेब्रुअरी) मा सञ्चालन हुनेछ ।

सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन् । टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेसाले बैंकर्स हुन् ।

स्वस्थ रहन दौडिन थालेका जोशी २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका निम्ति दौडिँदै आएको बताउँछन् । जोशी यसअघि संसारका विभिन्न देशमा आयोजित झण्डै दुई दर्जनभन्दा बढी म्याराथनमा सहभागी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...
। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ । आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई ...