मुख्य समाचार
महिलाहरूले विभिन्न कालखण्डमा गरेको आन्दोलन इतिहासमा कहिल्यै बिर्सन नहुने
महिलाहरूले विभिन्न कालखण्डमा गरेको आन्दोलन इतिहासमा कहिल्यै बिर्सन नहुने

— नेकपा एमाले नेता अष्टलक्ष्मी शाक्यले महिलाहरूले विभिन्न कालखण्डमा गरेको आन्दोलन इतिहासमा कहिल्यै बिर्सन नहुने बताएकी छन्।

‘वर्ल्ड अफ वेमेन म्यागजिन र प्रोजेक्ट अभय तथा सी लिङ्स’को संयुक्त आयोजनामा काठमाडौंमा शनिबार आयोजित ‘राजनीतिमा संरचनात्मक अवरोध– महिला शक्ति र राजनीतिक संरचना’ विषयक खुला संवाद कार्यक्रममा बोल्दै उनले योगमाया न्यौपाने, द्वारिकादेवी ठाकुरानी, शैलजा आचार्य, सहाना प्रधानलगायत महिलाहरूले गरेको आन्दोलन सामूहिक उपलब्धिका रूपमा स्मरणयोग्य रहेको उल्लेख गरिन्।

शाक्यले महिलाहरूले मताधिकारका लागि, शिक्षा हासिल गर्न तथा विभिन्न सामाजिक–राजनीतिक कुरीतिविरुद्ध आवाज उठाउँदै आएको इतिहास रहेको बताइन्। २०४६ सालको जनआन्दोलन स्मरण गर्दै उनले अन्तरिम संविधान निर्माण र निरंकुश शासनको अन्त्यमा महिलाहरूको उल्लेखनीय भूमिका रहेको स्पष्ट पारिन्।

त्यसैगरी २०६२/६३ को जनआन्दोलनले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल बनाएको उल्लेख गर्दै उनले उक्त आन्दोलनमा पनि महिलाहरूको सक्रिय सहभागिता निर्णायक रहेको बताइन्।

संविधानमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको भए पनि व्यवहारमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो। शाक्यले ,‘ समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुदृढ गर्न आवश्यक छ रहेको महिला र पुरुष समान हुन् भन्ने सोच व्यवहारमा उतारिनुपर्ने छ।’


महिलाहरूभित्रै पितृसत्तात्मक सोचका कारण नेतृत्व तहमा अघि बढ्न नसकेको उनको ठहर छ । लोकतान्त्रिक सोच कमजोर हुँदा महिलाले आफ्ना अधिकार उपयोग गर्न नसकेको भन्दै शाक्यले भनिन्, ‘पितृसत्तात्मक सोच महिला र पुरुष दुवैमा रहेकाले सोच परिवर्तन नगरी वास्तविक समानता सम्भव हुँदैन्।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रम सोसाइटीले राजनीतिबाट टाढा रहेर कार्यसम्पादन गर्नुपर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटीका विषयमा शनिबार मन्त्रालयमा भएको छलफलमा उनले रेडक्रसको केन्द्रीय तहमा वर्षौंदेखि रहेका संस्थागत समस्यालाई कानुनबमोजिम विधि र प्रक्रियाबमोजिम हल गर्नेगरी काम गर्न निर्देशन दिए । गृहमन्त्री अर्यालले तदर्थ समितिलाई प्राप्त जिम्मेवारी पूरा गर्न समयमा नै निर्वाचन गर्न, संस्थाको विधानलाई सङ्घीयताअनुसार ...
— एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न माग गरेका छन् । एमालेको ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले चुनावमा धाँधली वा अवाञ्छित क्रियाकलाप हुन नदिन शान्ति, सुरक्षाको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले जिल्लाको विकास गर्ने ...
— जेन-जी प्रदर्शनमा काठमाडौंबाट फरार एक कैदी गुल्मीमा पक्राउ परेका छन् । छत्रकाेट गाउँपालिका- ५ का ६५ वर्षीय मानबहादुर सर्तुङ्गेलाई तम्घासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । प्रहरी अनुसार नियन्त्रणमा लिइएका कैदी कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार रहेका थिए । उनी जबर्जस्ती करणी मुद्दाका फरार कैदी हुन् । आइतबार ...
— रसुवाको पर्यटकीयस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा पानी बरफ बनेको छ । पानी जमेको अवस्थामा तालमाथि हिँड्डुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ । पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले ...
— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसपटक आफ्नो पार्टीले कुनै पनि पार्टीसँग तालमेल नगरेको र अन्य कुनै पनि पार्टीका उम्मेदवारलाई नसघाउने बताएका छन्। विशेषगरि झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग हुन्छ कि हुँदैन भन्ने कान्तिपुरको जिज्ञासामा उनले यसपाली कसैलाई पनि यो क्षेत्रमा राप्रपाले नसघाउने प्रष्ट पारेका हुन्। ‘सघाउने नै हो भने ...