— गृह मन्त्रालयले भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिन सहमति प्रदान गरेको छ। गृहको सहमतिपछि महानगरपालिकाले ४ आना, २ पैसा, १ दाम क्षेत्रफलको जग्गा र सो जग्गामा बनेको भवन प्रयोग गर्नेछ।
यसको सट्टा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा सरकारको नाममा दर्ता ...