मुख्य समाचार
इरानका सात सहरमा विस्फोट
इरानका सात सहरमा विस्फोट

— इरानका विभिन्न सातवटा सहरमा विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित विभिन्न रिपोर्ट्स अनुसार शनिबार राजधानी तेहरान, परन्द, तबरीज, कोम, अहवाज, नंताज र बंदर अब्बासमा विस्फोट भएका हुन् ।

टर्कीएको न्यूज एजेन्सी अनादोलुका अनुसार विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । तर इरानी सरकारका तर्फबाट विस्फोटबारे कुनै जानकारी दिइएको छैन ।

सीएनएनको रिपोर्ट अनुसार एक अमेरिकी अधिकारीले उक्त विस्फोटहरु अमेरिकी सेनाको कुनै कारबाहीसँग सम्बन्धित नरहेको उल्लेख छ । एक इजरायली अधिकारीले पनि इजरायलको यस घटनासँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।

इरानी समाचार एजेन्सी तसनीमले सामाजिक सञ्जालमा चलिरहेका यस्ता खबरहरु आधिकारिक नभएको बताएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा भने उक्त विस्फोटहरु इस्लामिक रिभोल्युशनरी गार्डको नौसेना कमान्डरलाई निशाना बनाएर गरिएको उल्लेख छन् ।

सरकारी अखबार तेहरान टाइम्सका अनुसार अहवाजमा एक सरकारी संरचनामा ग्यास विस्फोट भएको थियो । जसमा चार जना मारिएका छन् । यता बंदर अब्बासमा एक भवनमा विस्फोट हुँदा दुई तले भवन भत्किँदा कैयौं पसलहरु ध्वस्त भएको र १४ जना घाइते भएको उल्लेख छ ।


सरकारी टेलिभिजनमा प्रशारित तस्बिहरुमा भवनको अगाडिको भाग भत्किएको देख्न सकिन्छ । बंदर अब्बासको उद्दार विभागका अधिकारीले इरानी समाचार एजेन्सी आईआरएनलाई दिएको जानकारीमा घाइतेहरुलाई आकस्मिक सेवामार्फत अस्पताल पुर्‍याइएको उल्लेख छ ।

३५ दिनदेखि सरकारविरुद्ध प्रदर्शन

इरानको अवस्था तनावपूर्ण रहेका बेला भएका यी विस्फोटले अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको ध्यान खिचेको छ । गत डिसेम्बर २८ देखि यहाँ सरकारविरुद्ध प्रदर्शन जारी छ । एक इरानी अधिकारीले रोयटर्ससँग कुरा गर्दै प्रदर्शनमा कम्तिमा ५ हजार मानिस मारिएको बताएका छन् । जसमा ५ सय भन्दा बढी सुरक्षाकर्मी पनि रहेका छन् ।

यता हालै अमेरिकाले बढ्दो तनावका बीच यस क्षेत्रमा एक एयरक्राफ्ट क्यारियर तैनाथ गरेको छ । यसबाहेक अमेरिकाको जासुसी ड्रोन फारसको खाडीमा उड्दै गरेको देखिएको थियो । केही दिनअघि अमेरिकाको सैन्य विमान पी–८ पोसाइडनले इरानी एयरस्पेसमा उडान भरिसकेको थियो ।

इरानका राष्ट्रपति मसुद पजेशकियानले अमेरिका, इजरायल र युरोका नेताहरु इरानको आर्थिक समस्याबाट फाइदा उठाइरहेको प्रतिक्रिया दिएका छन् । इरानमा अशान्ति फैलाएर देश विभाजनको कोशिस भइरहेको पनि उनको आरोप छ ।

यसैबीच इरानका सेना प्रमुख अमीर हातमीले अमेरिका र इजरायलको आक्रमणलाई लिएर चेतावनी दिएका छन् । उनले खाडी क्षेत्रमा अमेरिकाको भारी सैन्य तैनाथीपछि इरानी सेना सतर्क रहेको बताएका छन् । सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार अमीर हातमीले सत्रुले कुनै गल्ती गर्नेबित्तिकै आफ्नो सुरक्षाका लागि सम्पूर्ण शक्ति लगाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...