मुख्य समाचार
डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु
डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु

— डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

यो खानी क्षेत्र एएफसी/एम२३ विद्रोहीको कब्जामा छ । यहाँ विद्रोहीले नियुक्त गरेका गर्भनरका प्रवक्ता लुमुम्बा कम्बेरे मुयिसाले घटनामा कामदार, महिला र बालबालिकाको मृत्यु भएको बताए ।

'यो पहिरोमा २०० भन्दा बढी व्यक्ति परेका छन् । उत्‍खननमा संलग्न कामदार, बालबालिका र बजारका महिलाको मृत्यु भएको छ । केही गम्भीर घाइते छन्,' मुयिसाले भने, 'वर्षायाममा भएकाले जमिन नरम छ। खाल्डोभित्रै मानिसहरू काममा हुँदा जमिन भासियो ।'

संयुक्त राष्ट्रका अनुसार एएफसी/एम२३ समुहले यस क्षेत्रका साधन-स्रोत कब्जा गरेर आफ्नो विद्रोहका लागि कोष जुटाइरहेको छ । यो समूहमाथि छिमेकी रूवान्डाको समर्थन रहेको आरोप पनि लाग्छ । जसलाई रूवान्डाले अस्विकार गर्दै आएको छ ।

यी सशस्त्र विद्राहीहरुले कंगोका टुट्सी अल्पसंख्यकमाथि वर्तमान सरकारले दमन गरेको आरोप लगाउँदै आएका छन् । गत वर्ष उनीहरूले रूबाया कब्जा गरेका थिए ।

विश्वको झन्डै १५ प्रतिशत कोल्टान रूबाया क्षेत्रमा छ । यसलाई प्रशोधन गरेर ताप प्रतिरोधी धातु टान्टालम बनाइन्छ। जसको प्रयोग मोबाइल फोन, कम्प्युटर, एरोस्पेस कम्पोनेन्ट र ग्यास टर्बाइन बनाउन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मह संसारभरकै सबैभन्दा गुनिलो खाद्य पदार्थमध्ये एक मानिन्छ । यो सबैलाई मनपर्छ । तर के तपाईंले एक मिनेटभित्रै झण्डै डेढ किलो मह खान सक्नुहुन्छ ? सुन्नमा सम्भव जस्तो लागे पनि महको बाक्लो बनावटका कारण यसरी भटाभट मह खान निकै कठिन हुन्छ । यो न त पानी वा अन्य पेय पदार्थ पिउनु जस्तो सजिलो हुन्छ न त ...
। भेनेजुयलामा गएको विनासकारी भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या ९२० पुगेको छ । भूकम्पका कारण तीन हजार ३६० जना मानिसहरू घाइते भएका छन् । गत बुधबार केही सेकेन्डको अन्तरालमा भेनेजुयलामा दुईवटा शक्तिशाली भूकम्प गएका थिए । दोस्रो भूकम्पको तीव्रता ७.५ म्याग्निच्युड मापन गरिएको थियो । जुन पछिल्लो एक शताब्दीमा भेनेजुयलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक ...
होर्मुज स्ट्रेट नजिकै एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि संयुक्त राष्ट्रसंघले त्यहाँ फसेका ११ हजारभन्दा बढी नाविकहरूको उद्धार अभियानलाई अस्थायी रूपमा रोकेको छ। अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका प्रमुख आर्सेनियो डोमिन्गुएजले धेरै जहाजहरूलाई सुरक्षित रूपमा निकालिसकिएको भए पनि बाँकी रहेकाहरूको उद्धार अघि सबै आवश्यक सुरक्षा प्रबन्धहरू सुनिश्चित गर्न संगठनले यो कदम चालेको बताएका छन्। बेलायतको सामुद्रिक सुरक्षा एजेन्सी ‘यूके म्यारिटाइम ...
: चरम गर्मीका कारण फ्रान्सको राजधानी पेरिसमा सार्वजनिक स्थानमा मदिरा सेवन र मदिरा बिक्रीमा अस्थायी प्रतिबन्ध लगाइएको छ। प्रशासनले एक सूचना जारी गर्दै सार्वजनिक स्थानमा मदिरा सेवन तथा बिक्रीमा प्रतिबन्ध लगाएको जानकारी गराएको हो। जारी सूचनाअनुसार शुक्रबार दिउँसो १२ बजेदेखि शनिबार बिहान ७ बजेसम्म, शनिबार दिउँसो १२ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सार्वजनिक स्थानमा मदिरा सेवन ...
: भारतको उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरको भेटी चोरी प्रकरणमा आठजनाविरुद्ध मुद्दा दायर भएको छ। भेटी चोरीसम्बन्धी एसआईटीको प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्री योगी आदित्यनाथलाई बुझाएपछि उनीहरूविरुद्ध मुद्दा दायर भएको हो। अयोध्याका एसएसपी गौरव ग्रोभरका अनुसार राम मन्दिरको दान बाकसबाट नगद र बहुमूल्य सामान चोरी भएको आरोपमा आठजनाविरुद्ध मुद्दा दर्ता भएको हो। उनीहरूमाथि अनुसन्धान सकिएलगत्तै अदालतमा पेश गरिने ...