मुख्य समाचार
डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु
डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु

— डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

यो खानी क्षेत्र एएफसी/एम२३ विद्रोहीको कब्जामा छ । यहाँ विद्रोहीले नियुक्त गरेका गर्भनरका प्रवक्ता लुमुम्बा कम्बेरे मुयिसाले घटनामा कामदार, महिला र बालबालिकाको मृत्यु भएको बताए ।

'यो पहिरोमा २०० भन्दा बढी व्यक्ति परेका छन् । उत्‍खननमा संलग्न कामदार, बालबालिका र बजारका महिलाको मृत्यु भएको छ । केही गम्भीर घाइते छन्,' मुयिसाले भने, 'वर्षायाममा भएकाले जमिन नरम छ। खाल्डोभित्रै मानिसहरू काममा हुँदा जमिन भासियो ।'

संयुक्त राष्ट्रका अनुसार एएफसी/एम२३ समुहले यस क्षेत्रका साधन-स्रोत कब्जा गरेर आफ्नो विद्रोहका लागि कोष जुटाइरहेको छ । यो समूहमाथि छिमेकी रूवान्डाको समर्थन रहेको आरोप पनि लाग्छ । जसलाई रूवान्डाले अस्विकार गर्दै आएको छ ।

यी सशस्त्र विद्राहीहरुले कंगोका टुट्सी अल्पसंख्यकमाथि वर्तमान सरकारले दमन गरेको आरोप लगाउँदै आएका छन् । गत वर्ष उनीहरूले रूबाया कब्जा गरेका थिए ।

विश्वको झन्डै १५ प्रतिशत कोल्टान रूबाया क्षेत्रमा छ । यसलाई प्रशोधन गरेर ताप प्रतिरोधी धातु टान्टालम बनाइन्छ। जसको प्रयोग मोबाइल फोन, कम्प्युटर, एरोस्पेस कम्पोनेन्ट र ग्यास टर्बाइन बनाउन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा वर्षौंदेखि फसेका नागरिकको उद्धार गरिएको छ । मानवीय युद्धविरामपछि उद्धार गरिएका नागरिक युक्रेनको चेर्निहिभ क्षेत्रमा प्रवेश गरेसँगै लामो समयदेखि बिछोडिएका परिवारका सदस्यबीच भावुक पुनर्मिलन भएको बिबिसिले जनाएको छ । उद्धारका क्रममा तीन वर्षदेखि भेट नभएका परिवारका सदस्य एकअर्कालाई देखेपछि खुसीले रोएका थिए । दुई दिदीबहिनी आफ्ना बुबालाई देख्नेबित्तिकै दौडिएर ...
: इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले आफ्ना मन्त्रिपरिषद्का सदस्य तथा उच्च सरकारी अधिकारीहरूलाई सैन्य तालिममा सहभागी गराएका छन् । प्रधानमन्त्री अहमदले सैन्य अनुशासनले नेतृत्वलाई थप सक्षम र जिम्मेवार बनाउन सहयोग पुग्ने भन्दै मन्त्रीहरूलाई सैन्य अभ्यासमा सहभागी गराएका हुन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरमा मन्त्री, उपमन्त्री तथा सरकारी निकायका प्रमुखहरूसँगै आफैँ पनि सैन्य अभ्यासमा सहभागी भएको देखिन्छ ...
: अमेरिका, दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्ण परमाणु निःशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएका छन् । उत्तर कोरियाले भने आफू परमाणु हतियार सम्पन्न राष्ट्र भएको हैसियतबाट पछि नहट्ने अडान राख्दै आएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियो, दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र जापानका विदेशमन्त्री तोशिमित्सु मोटेगीबीच शुक्रबार अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा भएको जी-२० बैठकका ...
: रुस-युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसक्दा पनि जारी छ। यस्तो अवस्थामा रुसबाट लगातारका प्रहार भइरहने ड्रोन आक्रमणहरूले युक्रेनी सैनिकहरूका लागि खुला जमिनमा ओहोरदोहोर गर्न निकै कठिन बनाएको छ। उनीहरू पुराना ग्यास पाइपलाइनहरूभित्र लुकेर बसिरहेका छन्। करिब ४ फिट फराकिला यी सुरुङहरूमा सैनिकहरूले कैयौँ हप्तादेखि दुई महिनासम्म बिताउनुपर्ने बाध्यता छ। कुनै समय रुसबाट युरोपसम्म ग्यास पुर्‍याउने ...
: अमेरिकामा जारी मध्यावधि निर्वाचनको अन्तिम मतदान आगामी नोभेम्बर ३ मा हुँदैछ। राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने निर्वाचन भएकाले यसलाई मध्यावधि निर्वाचन भनिएको हो। कार्यकारी राष्ट्रपति रहने अमेरिकामा राष्ट्रपतिको दुई वर्षे कार्यकाललाई आमजनता र मतदाताले कसरी लिइरहेका छन् भन्ने लेखाजोखासमेत चुनावबाट हुने अपेक्षा गरिन्छ। मध्यावधि निर्वाचनमा अमेरिकाको तल्लो सदन अर्थात् हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४ सय ...