— आरुघाट गाउँपालिका–३ घुमाउनेमा मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृतकको पहिचान खुलेको छैन । आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल शनिबार साँझ अनियन्त्रीत भएर सडकको दायाँ भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
टाउको र अनुहारमा चोट लागेर अचेत अवस्थामा रहेका मोटरसाइकल चालक करिब ३० वर्षीय युवकलाई आरुघाट अस्पताल आरुघाटमा ल्याएलगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।