मुख्य समाचार
यसपटक आफ्नो पार्टीले कुनै पनि पार्टीसँग तालमेल नगरेको र अन्य कुनै पनि पार्टीका उम्मेदवारलाई नसघाउने
यसपटक आफ्नो पार्टीले कुनै पनि पार्टीसँग तालमेल नगरेको र अन्य कुनै पनि पार्टीका उम्मेदवारलाई नसघाउने

— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसपटक आफ्नो पार्टीले कुनै पनि पार्टीसँग तालमेल नगरेको र अन्य कुनै पनि पार्टीका उम्मेदवारलाई नसघाउने बताएका छन्।

विशेषगरि झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग हुन्छ कि हुँदैन भन्ने कान्तिपुरको जिज्ञासामा उनले यसपाली कसैलाई पनि यो क्षेत्रमा राप्रपाले नसघाउने प्रष्ट पारेका हुन्।

‘सघाउने नै हो भने एकले अर्कालाई सिट खाली गरेर सघाउने हो,’ लिङ्देनले भने, ‘अरू प्रकारले सघाउने कुरा भएन ।’

उनले यो क्षेत्रमा आफ्नो पार्टीले योग्य उम्मेदवार उठाएको र त्यसका लागि तीन वर्षअघिदेखि नै तयारी चलेको समेत खुलाए। ‘झापा-५ मा हामीसँग भएकामध्ये योग्य उम्मेदवार लक्ष्मी संग्रौलालाई उठाएका छौं,’ लिङ्देनले भने, ‘यो तीन वर्ष उहाँले तयारी गर्नुभएको थियो र उहाँलाई तयार गरिराखेका थियौं । उहाँ उठ्नुभएको छ । हाम्रो राम्रो उपस्थिति भएको ठाउँ हो।’

२०७४ र २०७९ को प्रतिनिधि सभाको चुनावमा एमाले र राप्रपाले झापा लगायतका केही क्षेत्रमा तालमेल गरेका थिए। राप्रपाले ओलीलाई झापा-५ मा सघाएको थियो भने एमालेले झापा-३ मा लिङ्देनलाई साथ दिएको थियो। त्यसो हुँदा दुवै जनाले जित्दै आएका थिए।

यसपटक झापा-५ मा काठमाडौँका पूर्व मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेवार बनेका छन्। यसले ओलीमाथि चुनौती थपिने विश्लेषण भइरहेका बेला उनले आफ्नो निर्वाचन क्षेत्र दकममै राप्रपाका मेयर रहेका राम थापालाई भेटेका थिए।

लिङ्देनले भने कसैले व्यक्तिगतरुपमा भेट्दैमा पार्टीले सहयोग गरेको अर्थ नलाग्ने जिकिर दाबी गरे। ‘उहाँहरूसँग भेट्दाखेरि नबोल्ने, कुरा नगर्ने, हात नमिलाउने भन्ने त हुँदैन,’ उनले भने, ‘रवि–बालेनहरूसँग पनि भेट नहुने भन्ने हुँदैन । त्यतिबेलाका फोटो राखेर सघाउने भयो, कुरा मिलिसक्यो भन्नुको अर्थ हुँदैन । सहयोगको निर्णय भयो भने त वक्तव्य आउँछ, पत्रकार सम्मेलन नै भइहाल्छ नि ।’



अनि, लिङ्देन झापा–३ मा यसपाली आफूले पनि एमालेको सहयोगबिना नै जित्ने दाबी गर्छन्। ‘यस पटक देशैभर सबै दलहरू एक्लै चुनाव लडिराखेका छन् , राप्रपा पनि एक्लै चुनाव लडिराखेको छ,’ उनी भन्छन्, ‘मैले त २०७९ को चुनाव सकिनेबित्तिकै सार्वजनिक रूपमा पनि र आफ्नो पार्टी पंक्तिमा पनि भनेको थिएँ, सकेसम्म राप्रपा देशभर नै कसैसँग पनि तालमेल नगरीकन चुनाव लड्ने गरी तयारी गरेर जानुपर्छ । विशेष गरेर झापा-३ मा पार्टीको अध्यक्ष अब कसैसँग तालमेल नगरीकन एक्लै चुनाव जितेर आउँछ । कसैसँग गठबन्धन गर्दैन ।’

२०७९ को चुनावमा राप्रपाले एमालेसँग तालमेल गरेर झपा-३ अनि, एक्लै लडेर जुम्ला, रुपन्देही, चितवन, मकवानपुर लगायतका जिल्लामा जितेको थियो।

यसपाली देशभर एक्लै चुनाव लड्दा कति सिट आउला भन्ने प्रश्नमा लिङ्देन भन्छन्, ‘राप्रपाले विगतमा भन्दा धेरै राम्रो उपस्थिति जनाउनेछ । चुनावमा कतिपय ठाउँमा अप्रत्याशित र अकल्पनीय परिणाम ल्याउँछ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । आयोगले ...
— नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले रास्वपाले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै चन्दले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाएका हुन् । महासचिव चन्दले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको ...
— प्रतिनिधिसभा निर्वाचनकालागि स्याङ्जामा माग गरे अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि पूर्वी नवलपरासीबाट ३ सय जनालाई पठाइएको छ । जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार यहाँ छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो । फागुन २१ गतेकाे निर्वाचनकालागि जिल्ला प्रहरीले करिब २ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ। तीमध्ये स्याङ्जाको माग अनुसारको त्यहाँ पठाइएको ...
— सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ । अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्डद्वारा जारी तथ्यांकअनुसार उक्त महिनामा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको ...
— नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । रेडक्रसको चिह्न जेनेभा महासन्धिअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको आज महामन्त्री मीनबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 'आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको ...