— जेन-जी प्रदर्शनमा काठमाडौंबाट फरार एक कैदी गुल्मीमा पक्राउ परेका छन् ।
छत्रकाेट गाउँपालिका- ५ का ६५ वर्षीय मानबहादुर सर्तुङ्गेलाई तम्घासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।
प्रहरी अनुसार नियन्त्रणमा लिइएका कैदी कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार रहेका थिए । उनी जबर्जस्ती करणी मुद्दाका फरार कैदी हुन् ।
आइतबार जिल्ला सदरमुकाम तम्घास बसपार्कबाट प्रहरी नियन्त्रणमा लिइएको हो । प्रहरी सहायक हवल्दार बासु मरासिनीसहित दुई जनाको टाेलीले कैदी सर्तुङ्गेलाई नियन्त्रणमा लिएको हो ।