मुख्य समाचार
भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने
भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने

— भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो ।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ८ सय ३० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ । यसअघि सुरुमा भारतले ८ सय करोड अनुदान दिने घोषणा गरे पनि पछि संशोधन गरेर ८ सय ३० करोड पुर्‍याएको थियो ।

छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ । यो रकम यस आर्थिक वर्षको भन्दा बढी हो । यस आर्थिक वर्ष भारतले १ हजार ९ सय ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

त्यस्तै भारतको आगामी बजेटमा माल्दिभ्सलाई ५ सय ५० करोड, म्यानमारलाई ३ सय करोड, श्रीलंकालाई ४ सय करोड, अफगानिस्तानलाई १ सय ५० करोड, बंगलादेशलाई ६० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय २५ करोड र मंगलोलियालाई २५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले विनियोजनको ४६ प्रतिशत मात्र सरकारी खर्च गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यो १०.७५ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो । गत पुससम्म ९ खर्ब ४ अर्ब ६४ करोड ४३ लाख खर्च भएको अर्थ ...
— वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा ३१ प्रतिशतले आयात ...
: सिम्रिक एयरले नयाँ हेलिकप्टर थप गरेको छ। उच्च हिमाली तथा दुर्गम भौगोलिक क्षेत्रमा सञ्चालन क्षमता थप सुदृढ गर्ने उद्देश्यसहित एयरबस एच१२५ (एएस३५० बी३ ई) हेलिकोप्टर आफ्नो फ्लीटमा थप गरेको कम्पनीले जानकारी दिएको छ। ९ एन–एओओ दर्ता नम्बरको उक्त हेलिकप्टर २०२६ जनवरी ३० देखि औपचारिक रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। यससँगै सिम्रिक एयरको फ्लीटमा तीनवटा ...
: आर्थिक वर्ष २०८२/८३ को कार्तिकदेखि पुस मसान्तसम्म (दोस्रो त्रैमासिक)को विवरणअनुसार कुल बजेटमध्ये चालु खर्चको हिस्सा उच्च देखिएको छ। पुँजीगत खर्च अपेक्षाकृत कमजोर देखिएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसमध्ये चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.०१ ...
: पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको हो। डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँ बढेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ। पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य यथावत् छ। यसैगरी निगमले हवाई ...