मुख्य समाचार
दक्षिण कोरियाको घरेलु सामान उत्पादन गर्ने एक कारखानामा आगलागीमा परेका नेपाली विद्यार्थी सम्पर्कविहीन
दक्षिण कोरियाको घरेलु सामान उत्पादन गर्ने एक कारखानामा आगलागीमा परेका नेपाली विद्यार्थी सम्पर्कविहीन

— दक्षिण कोरियाको घरेलु सामान उत्पादन गर्ने एक कारखानामा आगलागीमा परेका नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् ।

दक्षिण कोरियाको छुङछङ बुक्दोस्थित उमसङमा वेट वाइप्स र डाइपर उत्पादन गर्ने कारखानामा गत शुक्रबार आगलागी भएको थियो । सोही कारखानामा काम गर्ने दोलखाका सिद्धार्थ कार्की शुक्रबारदेखि सर्म्पकविहीन भएका हुन् । कार्की डाइपर उत्पादन गर्ने कारखानामा आंशिक समयमा मात्रै काम गर्ने गरेको खुलेको छ । उनी पढ्न कोरिया पुगेका हुन् ।

आगलागीपछि उनी सम्पर्कविहीन बनेको उनीसँगै बस्दै आएका सन्दीप राउतले बताए ।

दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार विद्यार्थी भिसामा कार्की कोरिया पुगेका थिए । कारखानामा २० वर्षीय कार्कीसहित काजकास्तानका ५० वर्षीय नागरिक पनि सम्पर्कविहीन छन् । जलेर पहिचान खुल्न नसक्ने अवस्थामा दुई जनाको शव सोही कारखानाबाट निकालिएको छ । शवको डीएनए परीक्षणका लागि स्थानीय अस्पतालमा लगिएको दूतावासले जनाएको छ ।

कोरियाली सञ्चारमाध्यमका अनुसार अग्नि नियन्त्रकहरूले आगलागीलाई पूर्ण रूपमा नियन्त्रण गर्न २१ घण्टा लागेको थियो । घटनाका बेला कारखानाभित्र ८३ जना कार्यरत थिए । जसमध्ये ८१ जना सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए । दुई जनाको शव मध्यरात १२ः३९ बजे भवनको दोस्रो तल्लाको सिँढीमा फेला परेको थियो ।


प्रारम्भिक मूल्यांकनअनुसार करिब २४ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको परिसरभित्रका पाँचमध्ये तीनवटा भवन आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएका छन् । आगोका झिल्का करिब ५ सय मिटर टाढा रहेको नजिकैको जंगलयुक्त डाँडासम्म फैलिँदा करिब एक हजार वर्गमिटर वन क्षेत्र जलेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...
। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ । आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई ...