मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको दुई दिनमै जनता समाजवादी पार्टी (जसपा) नेपालमा पुगे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको दुई दिनमै जनता समाजवादी पार्टी (जसपा) नेपालमा पुगे

— तत्कालीन नेकपा माओवादी केन्द्रबाट सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष प्रत्यासी मुनिलाल खंग (खत्वे) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको दुई दिनमै जनता समाजवादी पार्टी (जसपा) नेपालमा पुगेका छन् ।

तत्कालीन जमुनी मधेपुरा गाविसका अध्यक्षसमेत उनी २०७९ मा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिकाका अध्यक्षमा चुनाव लड्दा १ हजार १ सय ८३ मत ल्याएका थिए ।

त्यसबेला जसपा नेपालकै उमेशप्रसाद यादवले ३ हजार १ सय ६४ मत ल्याएर निर्वाचित हुँदा खंग चौथो स्थानमा पुगेका थिए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता खंग दुई दिनअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए । सप्तरी क्षेत्र नं.३ मा रास्वपाबाट उम्मेदवारी दिएका अमरकान्त चौधरीले पार्टीमा प्रवेश गराएको दुई दिनमै उनी जसपा नेपालमा प्रवेश गरेका छन् ।

शनिबार जमुनी मधेपुरमा आयोजित कार्यक्रममा खंगलाई क्षेत्र नं.३ का उम्मेदवारसमेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । आयोगले ...
— नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले रास्वपाले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै चन्दले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाएका हुन् । महासचिव चन्दले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको ...
— प्रतिनिधिसभा निर्वाचनकालागि स्याङ्जामा माग गरे अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि पूर्वी नवलपरासीबाट ३ सय जनालाई पठाइएको छ । जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार यहाँ छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो । फागुन २१ गतेकाे निर्वाचनकालागि जिल्ला प्रहरीले करिब २ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ। तीमध्ये स्याङ्जाको माग अनुसारको त्यहाँ पठाइएको ...
— सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ । अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्डद्वारा जारी तथ्यांकअनुसार उक्त महिनामा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको ...
— नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । रेडक्रसको चिह्न जेनेभा महासन्धिअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको आज महामन्त्री मीनबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 'आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको ...