— नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले रास्वपाले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै चन्दले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाएका हुन् ।
महासचिव चन्दले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको जिकिरसमेत गरे । ‘विचार केही होइन, पार्टी र नेता भए हुन्छ । यो त नयाँ भन्नेहरुको सिद्धान्त हो । अहिले के देखिन्छ भने सिद्धान्त र विचारको कुरा गर्नु हुँदैन । किन यस्तो कुरा गर्ने भन्ने के , यो कस्तो तरिका हो भने भने पुँजीवादीहरुको तरिका हो । पुँजीवादमा पनि अहिले यो लोकप्रियताबादको नारा हो यो । मान्छे देखाउने, अनि केही भ्रम छर्ने अनि हत्तनपत्त सत्तामा पुगेर गरिहालिन्छ भन्ने यो उपभोगवादी र लोकप्रियतावादी नारा हो । त्यसो हुनुहुँदैन,’ उनले भने ।
महासचिव चन्दले कम्युनिस्ट पार्टीहरट्ठबीचको एकता प्रक्रियाबाट आफ्नो पार्टी पछि हटेको भनेर भ्रम छर्ने काम गरिएको प्रतिक्रिया पनि दिए ।