मुख्य समाचार
सात वर्ष लामो कूटनीतिक गतिरोध अन्त्य गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा आफ्नो कूटनीतिक नियोग पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु
सात वर्ष लामो कूटनीतिक गतिरोध अन्त्य गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा आफ्नो कूटनीतिक नियोग पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु

। सात वर्ष लामो कूटनीतिक गतिरोध अन्त्य गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा आफ्नो कूटनीतिक नियोग पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ ।

अमेरिकी विशेष दूत लउरा डोगु जनवरी शनिबार काराकास आइपुगेका छन । यसलाई दक्षिण अमेरिकी राजनीतिमा एक ठूलो परिवर्तनको रूपमा हेरिएको छ ।


अमेरिकी दूत डोगुले सामाजिक सञ्जालमार्फत आफ्नो टोली कामको लागि तयार रहेको जानकारी दिएका छन्।

भेनेजुएलाका विदेशमन्त्री इभान गिलसँगको भेटमा द्विपक्षीय हित र कूटनीतिक संवादका विषयमा छलफल हुने बताइएको छ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बीच भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले तेल क्षेत्रलाई निजीकरण गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । यससँगै अब निजी कम्पनीहरूले भेनेजुएलाको तेल उत्पादन र बिक्रीमा बढी नियन्त्रण पाउनेछन्।

आन्तरिक तनाव कम गर्न भेनेजुएला सरकारले आममाफीको घोषणा गर्दै ‘एल हेलिकोइड’ कारागार बन्द गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा वर्षौंदेखि फसेका नागरिकको उद्धार गरिएको छ । मानवीय युद्धविरामपछि उद्धार गरिएका नागरिक युक्रेनको चेर्निहिभ क्षेत्रमा प्रवेश गरेसँगै लामो समयदेखि बिछोडिएका परिवारका सदस्यबीच भावुक पुनर्मिलन भएको बिबिसिले जनाएको छ । उद्धारका क्रममा तीन वर्षदेखि भेट नभएका परिवारका सदस्य एकअर्कालाई देखेपछि खुसीले रोएका थिए । दुई दिदीबहिनी आफ्ना बुबालाई देख्नेबित्तिकै दौडिएर ...
: इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले आफ्ना मन्त्रिपरिषद्का सदस्य तथा उच्च सरकारी अधिकारीहरूलाई सैन्य तालिममा सहभागी गराएका छन् । प्रधानमन्त्री अहमदले सैन्य अनुशासनले नेतृत्वलाई थप सक्षम र जिम्मेवार बनाउन सहयोग पुग्ने भन्दै मन्त्रीहरूलाई सैन्य अभ्यासमा सहभागी गराएका हुन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरमा मन्त्री, उपमन्त्री तथा सरकारी निकायका प्रमुखहरूसँगै आफैँ पनि सैन्य अभ्यासमा सहभागी भएको देखिन्छ ...
: अमेरिका, दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्ण परमाणु निःशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएका छन् । उत्तर कोरियाले भने आफू परमाणु हतियार सम्पन्न राष्ट्र भएको हैसियतबाट पछि नहट्ने अडान राख्दै आएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियो, दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र जापानका विदेशमन्त्री तोशिमित्सु मोटेगीबीच शुक्रबार अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा भएको जी-२० बैठकका ...
: रुस-युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसक्दा पनि जारी छ। यस्तो अवस्थामा रुसबाट लगातारका प्रहार भइरहने ड्रोन आक्रमणहरूले युक्रेनी सैनिकहरूका लागि खुला जमिनमा ओहोरदोहोर गर्न निकै कठिन बनाएको छ। उनीहरू पुराना ग्यास पाइपलाइनहरूभित्र लुकेर बसिरहेका छन्। करिब ४ फिट फराकिला यी सुरुङहरूमा सैनिकहरूले कैयौँ हप्तादेखि दुई महिनासम्म बिताउनुपर्ने बाध्यता छ। कुनै समय रुसबाट युरोपसम्म ग्यास पुर्‍याउने ...
: अमेरिकामा जारी मध्यावधि निर्वाचनको अन्तिम मतदान आगामी नोभेम्बर ३ मा हुँदैछ। राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने निर्वाचन भएकाले यसलाई मध्यावधि निर्वाचन भनिएको हो। कार्यकारी राष्ट्रपति रहने अमेरिकामा राष्ट्रपतिको दुई वर्षे कार्यकाललाई आमजनता र मतदाताले कसरी लिइरहेका छन् भन्ने लेखाजोखासमेत चुनावबाट हुने अपेक्षा गरिन्छ। मध्यावधि निर्वाचनमा अमेरिकाको तल्लो सदन अर्थात् हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४ सय ...