मुख्य समाचार
निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी
निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी

। निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी सुरु गरिएको छ ।

निर्वाचन आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले बाँकेको निर्वाचन क्षेत्र नं २ र ३ मा मौखिक उजुरी आएको जानकारी दिएको छ ।


बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका अधिकृत पूृर्णबहादुर खत्रीले विद्यालयमा कार्यक्रम गरेको, पालिका वडाध्यक्षले पालिकामा प्रचारप्रसार गरेको र पालिकाको डोजर तथा टिपर प्रयोग गरेर सडक ग्राभेल गरेकोलगायत उजुरी आएको बताए । उनले आचारसंहिताविपरीत सबै काम बन्द गरिएको उल्लेख गर्दै सम्बन्धितलाई सचेत बनाइएको जानकारी दिए ।

‘हामीले स्थलगत अनुगमन पनि गर्छौं, तर अहिले सूचना र जानकारी आएका आधारमा हामीले काम गरिरहेका छौँ’, निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत खत्रीले भने । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष भयरिहत वातावरणमा सम्पन्न गराउने उदेश्यले निर्वाचन आचारसंहिता पालना गर्न अनुगमन समितिले जिल्लामा आग्रह गरेको छ ।


निर्वाचन आयोगले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खत्री र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख सर्वोदय उपाध्यायलाई अनुगमन अधिकृतका रुपमा तोकेको छ ।

अनुगमन समितिका अनुसार निर्वाचन प्रचारप्रसारको काम आगामी फागुन ४ देखि १८ गतेसम्म मात्रै गर्न पाउने कानुनी प्रावधान रहेको छ । निर्वाचन आयोगद्वारा जारी भएको निर्वाचन आचारसंहिता माघ ४ गतेदेखि नै लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागू गर्न निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८२ साल असार ४ मा भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा नेपालको संविधानको धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयन गर्न निर्देशनात्मक आदेश गरेको हो । पूर्णपाठमा भनिएको छ, ‘सङ्घ, ...
। प्युठानमा एक जना महिलाको हत्या गरेको आरोपमा उनकै श्रीमान् र देवर पक्राउ परेका छन् । गौमुखी गाउँपालिका–६ लिबाङकी १९ वर्षीया शर्मिला घर्तीको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् र देवरलाई पक्राउ गरेको हो । हत्या अभियोगमा २० वर्षीय श्रीमान् अनिल घर्ती र १८ वर्षीय देवर जनक घर्तीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ...
। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रिय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । जसमध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको उनले बताए । ‘केन्द्रिय आचारसंहिता अनुगमन समितिमा प्राप्त ...
। भक्तपुर बाल सुधार गृहका ७५ जना बालबन्दीलाई नुवाकोटस्थित कारागारमा सारिएको छ । पुस ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार १८ वर्ष पूरा भएका बालकहरलाई केन्द्रीय कारागार कार्यालय नुवाकोटमा सार्ने निर्णय भएको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार माघ ९ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिले पनि १८ वर्षमाथिका बाल बिज्याइकर्तालाई स्तान्तरण प्रक्रिया अघि बढाउने निर्णय ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरमा रहेको दुई वटा मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गरेका छन् । आइतबार अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सहसचिव तथा सुरक्षा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्ले लगायतको टोलीले भक्तपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत नवराज दाहाल र क्षेत्र नम्बर २ का राधिका सुवालसँग निर्वाचन केन्द्रित तयारी र प्रशासनिक कार्यहरूको ...