मुख्य समाचार
मुग्लिन-मलेखु सडकको म्याद ६ महिना थपियो
मुग्लिन-मलेखु सडकको म्याद ६ महिना थपियो

। पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइसक्नुपर्ने थियो । तर सम्झौताअनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा छ महिना म्याद थप गरिएको छ ।
विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का सम्झौता गरिएको थियो । मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको थियो । तेस्रो चरणको म्याद गत पुस १५ मा सकिएपछि छ महिनाका लागि म्याद थप गरिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार डिजाइनको तथ्याङ्क गलत पर्दा सडकको नक्साङ्कन फरक परेकाले समयमा काम गर्न नपाएका कारण निर्माण कम्पनीलाई १८३ दिन म्याद थप गरिएको छ ।
निर्माण कम्पनीले सडकको काम गर्ने ठाउँ खाली हुन ढिलाइ भएको, रुख, खम्बा सार्न समयमा नसकिएको, निर्माण सामग्री सहज पाउन नसकिएको, सवारीको उच्च चापलगायत कारण निर्माण तोकिएको समयमा हुन नसकेको जनाउँदै आएको छ । दरैले अहिलेका लागि नक्साङ्कनका विषयलाई सम्बोधन गर्दै समय थप गरिएको भए पनि अन्य विषय छलफलमा नै रहेको बताए ।
उक्त खण्डमा हालसम्म ३७ दशमलव ५ प्रतिशत मात्र काम भएको छ । दरैका अनुसार नौ किलोमिटरभन्दा केही बढी कालोपत्र गरिसकिएको छ । धादिङको चरौदी क्षेत्रमा कालोपत्र भइरहेको छ । फिस्लिङलगायत क्षेत्रमा कालोपत्रको तयारी गरिएको छ ।
नाली, बेरियर, पुललगायत सडकका विभिन्न क्षेत्रका काम भइरहेका छन् । उनका अनुसार दैनिक १५० हाराहारी मजदुरले काम गरिरहेका छन् । आयोजनाका तर्फबाट आवश्यक सहजीकरण गरेर थप भएको समयमा सक्ने गरी कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई भनिएको उनको भनाइ छ ।
सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ । जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ ।
सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए । उनका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।
शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ । यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागू गर्न निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८२ साल असार ४ मा भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा नेपालको संविधानको धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयन गर्न निर्देशनात्मक आदेश गरेको हो । पूर्णपाठमा भनिएको छ, ‘सङ्घ, ...
। प्युठानमा एक जना महिलाको हत्या गरेको आरोपमा उनकै श्रीमान् र देवर पक्राउ परेका छन् । गौमुखी गाउँपालिका–६ लिबाङकी १९ वर्षीया शर्मिला घर्तीको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् र देवरलाई पक्राउ गरेको हो । हत्या अभियोगमा २० वर्षीय श्रीमान् अनिल घर्ती र १८ वर्षीय देवर जनक घर्तीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ...
। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रिय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । जसमध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको उनले बताए । ‘केन्द्रिय आचारसंहिता अनुगमन समितिमा प्राप्त ...
। भक्तपुर बाल सुधार गृहका ७५ जना बालबन्दीलाई नुवाकोटस्थित कारागारमा सारिएको छ । पुस ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार १८ वर्ष पूरा भएका बालकहरलाई केन्द्रीय कारागार कार्यालय नुवाकोटमा सार्ने निर्णय भएको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार माघ ९ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिले पनि १८ वर्षमाथिका बाल बिज्याइकर्तालाई स्तान्तरण प्रक्रिया अघि बढाउने निर्णय ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरमा रहेको दुई वटा मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गरेका छन् । आइतबार अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सहसचिव तथा सुरक्षा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्ले लगायतको टोलीले भक्तपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत नवराज दाहाल र क्षेत्र नम्बर २ का राधिका सुवालसँग निर्वाचन केन्द्रित तयारी र प्रशासनिक कार्यहरूको ...