मुख्य समाचार
स्पेनको राहदानी समस्या समाधानका लागि परराष्ट्रले थाल्यो गृहकार्य
स्पेनको राहदानी समस्या समाधानका लागि परराष्ट्रले थाल्यो गृहकार्य

। स्पेनमा नेपाली नागरिकलाई राहदानी बनाउने क्रममा देखिएको समस्याबारे परराष्ट्र मन्त्रालय जानकार रहेको जनाएको छ । मन्त्रालयले यसको समाधानका लागि आवश्यक समन्वय र गृहकार्य प्राथमिकताका साथ अघि बढाइरहेको बताएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘यस विषयमा मन्त्रालय जानकार छ । यसको उचित समाधानका लागि उपलब्ध विकल्पहरूमा आवश्यक समन्वय र गृहकार्य प्राथमिकताका साथ भइरहेको छ ।’


उनका अनुसार समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले प्रक्रिया सुरु गरिसकेको छ । ‘स्पेनमा राहदानी बनाउने सम्बन्धमा उठाइएका विषयहरू हामीकहाँ प्राप्त भइसकेका छन् र त्यसमा काम सुरु गरिसकेका छौं’, उनले बताए ।

स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने प्रक्रिया अघि बढाएको सन्दर्भमा ठूलो संख्यामा नेपाली राहदानी अभावका कारण वैधानिक प्रक्रियाबाट बाहिरिन सक्ने चिन्ता व्यक्त भइरहेका बेला मन्त्रालयको यो प्रतिक्रिया आएको हो ।


यसअघि स्पेनस्थित नेपाली समुदाय, एनआरएनए स्पेन तथा विभिन्न सामाजिक अगुवाहरूले राहदानी सेवा विस्तार, एपोइन्टमेन्ट प्रणाली सहज बनाउन र आवश्यक परे घुम्ती कन्सुलर सेवा सञ्चालन गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

उनीहरूको अनुसार हाल म्याड्रिडस्थित नेपाली दूतावासले हप्तामा एक दिन मात्र सीमित एपोइन्टमेन्ट खोल्दा ठूलो संख्यामा नेपाली राहदानी बनाउन नपाएको गुनासो छ।

स्पेन सरकारले अप्रिलदेखि कानुनीकरण प्रक्रिया सुरु गर्ने संकेत दिइसकेको अवस्थामा समयमै राहदानी नबने धेरै नेपाली कानुनी प्रक्रियाबाट बाहिरिन सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् । परराष्ट्र ...