मुख्य समाचार
स्पेनको राहदानी समस्या समाधानका लागि परराष्ट्रले थाल्यो गृहकार्य
स्पेनको राहदानी समस्या समाधानका लागि परराष्ट्रले थाल्यो गृहकार्य

। स्पेनमा नेपाली नागरिकलाई राहदानी बनाउने क्रममा देखिएको समस्याबारे परराष्ट्र मन्त्रालय जानकार रहेको जनाएको छ । मन्त्रालयले यसको समाधानका लागि आवश्यक समन्वय र गृहकार्य प्राथमिकताका साथ अघि बढाइरहेको बताएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘यस विषयमा मन्त्रालय जानकार छ । यसको उचित समाधानका लागि उपलब्ध विकल्पहरूमा आवश्यक समन्वय र गृहकार्य प्राथमिकताका साथ भइरहेको छ ।’


उनका अनुसार समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले प्रक्रिया सुरु गरिसकेको छ । ‘स्पेनमा राहदानी बनाउने सम्बन्धमा उठाइएका विषयहरू हामीकहाँ प्राप्त भइसकेका छन् र त्यसमा काम सुरु गरिसकेका छौं’, उनले बताए ।

स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने प्रक्रिया अघि बढाएको सन्दर्भमा ठूलो संख्यामा नेपाली राहदानी अभावका कारण वैधानिक प्रक्रियाबाट बाहिरिन सक्ने चिन्ता व्यक्त भइरहेका बेला मन्त्रालयको यो प्रतिक्रिया आएको हो ।


यसअघि स्पेनस्थित नेपाली समुदाय, एनआरएनए स्पेन तथा विभिन्न सामाजिक अगुवाहरूले राहदानी सेवा विस्तार, एपोइन्टमेन्ट प्रणाली सहज बनाउन र आवश्यक परे घुम्ती कन्सुलर सेवा सञ्चालन गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

उनीहरूको अनुसार हाल म्याड्रिडस्थित नेपाली दूतावासले हप्तामा एक दिन मात्र सीमित एपोइन्टमेन्ट खोल्दा ठूलो संख्यामा नेपाली राहदानी बनाउन नपाएको गुनासो छ।

स्पेन सरकारले अप्रिलदेखि कानुनीकरण प्रक्रिया सुरु गर्ने संकेत दिइसकेको अवस्थामा समयमै राहदानी नबने धेरै नेपाली कानुनी प्रक्रियाबाट बाहिरिन सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम