मुख्य समाचार
अरिजित सिंहको फिल्ममा नवाजुद्दीन सिद्दीकीकी छोरी शोराले डेब्यू गर्ने चर्चा
अरिजित सिंहको फिल्ममा नवाजुद्दीन सिद्दीकीकी छोरी शोराले डेब्यू गर्ने चर्चा

। अरिजीत सिंहले बलिउडमा पाश्र्व गायनबाट सन्यास लिने घोषणा गरेको केही दिनमै आफ्नो सिर्जनात्मक यात्रामा नयाँ पाइला चाल्ने तयारी गरिरहेका छन् । खबरअनुसार अब उनी निर्देशनको क्षेत्रमा पाइला टेक्दैछन् ।

गायक सिंहले आफ्नो ‘म्युजिक लेबल’ मार्फत स्वतन्त्र संगीतलाई भने निरन्तरता दिने स्पष्ट पारेका छन् । यद्यपि, नयाँ रिपोर्टका अनुसार अब उनको मुख्य ध्यान फिल्म निर्माणमा हुन सक्छ ।




स्रोतका अनुसार, ३८ वर्षीय यी गायक एउटा फिचर फिल्म निर्देशन गर्ने तयारीमा छन् । यसै फिल्ममार्फत चर्चित अभिनेता नवाजुद्दीन सिद्दीकीकी छोरी, १५ वर्षीया शोरा सिद्दीकीले अभिनयमा डेब्यु गर्दैछिन् ।

शोरा हाल लण्डनमा अभिनयको कोर्स गरिरहेकी छन् । जानकारीअनुसार यस प्रोजेक्टको नाम अहिलेसम्म तय गरिएको छैन ।




अरिजीतले पाश्र्व गायनबाट विश्राम लिने घोषणा गरेपछि चलचित्र र संगीत क्षेत्रमा निकै चर्चा चुलिएको छ । प्रशंसक र यस क्षेत्रका जानकार यो निर्णयको पछाडि के कारण होला भनेर अड्कलबाजी गरिरहेका छन् ।

स्रोतका अनुसार यो फिल्म देशभरका दर्शकलाई लक्षित गरिएको र जङ्गलको कथामा आधारित छ । यस फिल्मलाई अरिजीत र उनकी पत्नी कोयलले मिलेर लेखेका हुन्, जसले यस प्रोजेक्टमा उनीसँग नजिक रहेर काम गरिरहेकी छन् ।

रिपोर्टमा उल्लेख गरिएको एक स्रोतका अनुसार, अरिजीत लामो समयदेखि यस फिल्मप्रति निकै उत्साहित थिए । धेरै फिल्ममा गीत गाउने जिम्मा लिइरहँदा यो प्रोजेक्टलाई न्याय गर्न गाह्रो हुने ठानेर नै उनले यस्तो निर्णय लिएको बताइएको छ ।

यस फिल्मलाई महावीर जैन फिल्म्स, एल्काद्युति फिल्म्स र गड ब्लेस इन्टरटेनमेन्टले निर्माण गर्ने बताइएको छ । केही रिपोर्ट अनुसार छायाङ्कन सुरु भइसकेको छ । यद्यपि, गायक सिंह वा निर्माण टोलीबाट यसबारे आधिकारिक जानकारी भने आएको छैन ।

अरिजीतले सन् २०२१ को फिल्म ‘पग्लेट’ बाट बलिउडमा संगीतकारको रूपमा पाइला टेकेका थिए, जसको सरल र भावपूर्ण संगीतको निकै प्रशंसा भएको थियो । संगीतबाट निर्देशनतर्फको उनको यो यात्रालाई धेरैले विशाल भारद्वाज जस्ता सफल कलाकारसँग तुलना गरेका छन्, जो संगीतबाट निर्देशनमा आएर निकै कहलिएका छन् ।

हालसम्म, अरिजीतले आफ्नो निर्देशकीय डेब्युको बारेमा कुनै सार्वजनिक आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम