मुख्य समाचार
रोजगार अनुमति प्रणाली (ईपीएस) मा कार्यरत कर्मचारीको सुरक्षाप्रति दक्षिण कोरियाली सरकारले चासो व्यक्त
रोजगार अनुमति प्रणाली (ईपीएस) मा कार्यरत कर्मचारीको सुरक्षाप्रति दक्षिण कोरियाली सरकारले चासो व्यक्त

। रोजगार अनुमति प्रणाली (ईपीएस) मा कार्यरत कर्मचारीको सुरक्षाप्रति दक्षिण कोरियाली सरकारले चासो व्यक्त गरेको छ ।

गत शुक्रबार कोरियास्थित नेपाली दूतावासका अधिकारीहरूसँगको बैठकमा कोरियाली पक्षले आफ्ना कर्मचारीको सुरक्षाप्रति चासो व्यक्त गरेको हो ।




दुई वर्षदेखि ईपीएस मार्फत कोरिया जान नपाएको भन्दै युवाले ईपीएस शाखा कार्यालयमा विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले ललितपुर ग्वार्कोमा रहेको ईपीएस शाखा कार्यालयमा विरोध प्रदर्शन गर्दै आएका हुन् ।

दिनहुँ विरोध प्रदर्शन हुँदै गएपछि कोरियाली अधिकारीहरूले आफ्ना कर्मचारीको सुरक्षाप्रति चिन्ता र चासो व्यक्त गरेका हुन् ।




ह्युमन रिसोर्सेस डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी कोरिया) मा कार्यरत कर्मचारीहरूको फोटो प्रदर्शनकारीले प्रदर्शन गर्ने गरेको भन्दै कोरियाली अधिकारीहरूले चासो व्यक्त गरेका हुन् ।

कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अधिकारीसँग भएको बैठकमा नेपाली दूतावासमा कोरियाका अधिकारीले आफ्ना कर्मचारीको सुरक्षाबारे चासो राखेका थिए ।

‘हाम्रा इम्प्लोइहरू एचआरडी सेन्टरमा बसेका कामदारहरूलाई थ्रेटन भयो, त्यस्तो हो भनेदेखि हामीले के गर्नुपर्ने हो ? हाम्रा मान्छेहरुलाई, हाम्रा रोजगारदातालाई हामीले फिर्ता लिएर आउनुपर्ने हो कि ? भनेर चासो व्यक्त गरियो,’ दूतावास स्रोतले भन्यो ।

उनीहरूले राखेको सुरक्षा चासोमा नेपाल सरकारले सुरक्षामा कुनै समस्या नरहेको नेपाली अधिकारीहरूले प्रष्ट पारेका थिए । नेपाल सरकार कोरियाली अधिकारीहरूको सुरक्षामा गम्भीर रहेको र त्यसमा कुनै समस्या नहुने नेपालीहरूले आश्वस्त पारेका थिए ।

ईपीएस कार्यालयमा भइरहेको दिनँहुको आन्दोलनपछि आफ्ना कर्मचारीका परिवारहरू समेत चिन्तित बनिरहेको उनीहरूले बताएका थिए ।

सुरक्षा प्रत्याभूति दिलाउन नसकेको खण्डमा आफ्ना कर्मचारी फिर्ता बोलाउन बाध्य हुने खालको आशय समेत व्यक्त गरिएको थियो । आफ्ना कर्मचारी फिर्ता बोलाए ईपीएसका लागि थप कर्मचारी पठाउन नसकिने उनीहरूको धारणा थियो ।

‘हाम्रा कर्मचारीका फोटो प्रदर्शनकारीले प्रदर्शनमा देखाएका छन्, यसले कोरियामा रहेका उनीहरूको परिवार समेत चिन्तित छन्,’ बैठकमा कोरियाली अधिकारीहरूले प्रष्ट पारेका थिए, ‘हामीले आफ्ना कर्मचारी फिर्ता बोलाउनुपर्ने अवस्था आयो भने ईपीएसको भविश्य के हुन्छ भन्न सकिने अवस्था रहँदैन ।’

सन् २०२४ मा २०२५ का लागि उत्पादन र कृषि क्षेत्रका लागि विज्ञापन खुलेको थियो । त्यसमा १ लाख ६३ हजारले आवेदन दिएका थिए । त्यसमा बढीमा ५ हजार ३ सय जना कोरिया जान पाउने भनिएको थियो । तर, १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।

तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता समेत नभएका कारण कोरिया जान पाएका छैनन् । भाषा परीक्षा पास गरेर कोरियाली रोजगारदाताको सूची (रोस्टर) मा परेको दुई वर्षभित्र कोरिया जान सक्नुपर्छ । त्यो अवधिमा जान नसकेको खण्डमा उनीहरू जान पाउँदैनन् ।

आफूहरूको रोस्टरको समय सकिन लागेको भन्दै उनीहरू विगतदेखि आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम