मुख्य समाचार
अटो दुर्घटना हुँदा चालकसहित १० जना घाइते
अटो दुर्घटना हुँदा चालकसहित १० जना घाइते

। सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित सिँचाइ कार्यालय नजिकै खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।

सोमबार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १० जनामध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ ।


अटो चालक शारदा नगरपालिका ६ निबासी २५ वर्षीय अर्जुन डाँगीलाई भने कुनै चोट नलागेको र नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते हुनेहरूमा सल्यान सिद्धकुमाख गाउँपालिका–२ का ३५ वर्षीय दीपक विक, शारदा नगरपालिका–११ का १९ वर्षीय रेशमबहादुर नेपाली, सिद्धकुमाख गाउँपालिका–१ का ७८ वर्षीय टरबहादुर रेउले, बनगाड कुपिण्डे नगरपालिका–९ की २३ वर्षीया संगिता विक, संगिताका ७ वर्षीय छोरा दीपक, ३ वर्षीया छोरी सृष्टि दाङको बबई गाउँपालिका–६ की २३ वर्षीया कृष्णा बुढाथोकी, उनकी ३ वर्षीया छोरी स्मृति, सिद्धकुमाख गाउँपालिका–२ की ३८ वर्षीया धनी सुनार र सोही स्थानकी ३९ वर्षीया पुष्पा सुनार रहेका छन् ।

चालकसँग सवारी चालक अनुमतिपत्र नभएको समेत प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट बिदा भएर निर्वाचनमा होमिएका आफ्ना क्याबिनेटका मन्त्रीहरूबारे स्पष्टीकरण दिएकी छिन् । सोमबार राष्ट्रिय सभालाई पहिलो पटक सम्बोधन गर्न पुगेकी प्रधानमन्त्री कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा त्यसबारे स्पष्ट पारेकी हुन् । प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्बाट कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता पदबाट राजीनामा दिएर चुनावमा होमिएका छन् ...
। नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै रकम उठाउने एक अमेरिकी नागरिक पक्राउ परेका छन् । अध्यागमन विभागले ती अमेरिकी नागरिकलाई पक्राउ गरेर अनुसन्धानअघि बढाएको छ । ती अमेरिकन नागरिकले अन्तराष्ट्रियस्तरमा ‘फण्ड’ उठाउने उद्देश्यले कलेजका वेबसाइटहरूमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम, तस्बिर राख्दै ‘आवर डाइनामिक टिम’ भनेर उल्लेख गरेका थिए । जहाँ ...
। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको जानकारी गराएकी छिन् । सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा पुन रिसाएर हिंडेको बताइन् । ‘जहाँसम्म पुनजी (महाविर पुन) को कुरा छ, उहाँ त रिसाएरै जानुभएको हो । ...
। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले स्नातकोत्तर तथा विद्यावारिधि छात्रवृत्ति प्राप्तकर्ताका नेपाली सरकारी कर्मचारीलाई अभिमुखीकरण तालिम दिएको छ । कोइका अलुम्नाई एसोसिएसन अफ नेपाल (कान) को सहकार्यमा सन् २०२५ पार्ट–२ (जनवरी इन्टेक) अन्तर्गत छनोट भएकाहरुलाई कोइका नेपाल कार्यालयमा तालिम दिइएको हो । २९ जनवरी २०२६ मा आयोजित अभिमुखीकरण कार्यक्रममा कोरियामा अध्ययन गर्ने विद्यार्थीलाई त्यहाँको विश्वविद्यालय, शैक्षिक ...
। जवाफदेही निगरानी समूहले राजनीतिक दलहरूका नाममा एक सार्वजनिक अपिल जारी गर्दै चुनावी घोषणापत्रमा संक्रमणकालीन न्यायको विषयवस्तुलाई उच्च प्राथमिकता दिन माग गरेको छ । १० वर्षे लामो सशस्त्र द्वन्द्व अन्त्य भएको २० वर्ष बितिसक्दा पनि पिडितहरूले सत्य, न्याय र परिपूर्ण पाउन नसकेको भन्दै समूहले त्यो विषयलाई आ-आफ्नो घोषणापत्रमा समावेश गर्न सबै राजनीतिक दलहरूलाई माग गरेको हो ...