मुख्य समाचार
इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले इरानमाथि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी
इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले इरानमाथि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी

। इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले इरानमाथि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका छन् ।

इरान वरपरको क्षेत्रमा अमेरिकाले सैन्य टोली तैनाथ गरिरहेका बेला खामेनीको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।

‘अमेरिकीहरूले यदि युद्ध शुरू गरे भने यसपालि एउटा क्षेत्रीय युद्ध शुरू हुने छ,’ खामेनीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार संस्था तस्निमले भनेको छ । खामेनीले अमेरिकाको धम्कीबाट इरान नतर्सिने पनि बताएका छन् ।

इरानको पारमाणविक कार्यक्रम र सरकार विरोधी प्रदर्शनकारीमाथि भएको दमनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने धम्की दिँदै आएका छन् । यसले इरानसहित खाडी क्षेत्रमा तनावको वातावरण बनेको छ । नेपाल सरकारले ट्राभल एडभाइजरी जारी गर्दै इरान छाड्न र इरान जाने कार्यक्रम स्थगित गर्न आह्वान गरेको छ ।




तनावको बीचमा शान्ति बहालीका कूटनीतिक प्रयास भने भइरहेका छन् । विशेष गरी कतारले त्यसको पहल गर्दै आएको मिडिया रिपोर्टहरु सार्वजनिक भइरहेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानबारे गम्भीर छलफल भइरहेको बताएका थिए भने इरानका विदेशमन्त्री अब्बास अरागचीले पनि छलफल सहमतिमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले शनिबार सामाजिक सञ्जालमा लेख्दै ‘मिडियामा सिर्जना गरिएको कृत्रिम युद्धको माहोलभन्दा फरक रूपमा वार्ताको ढाँचा निर्माणको काम अघि बढिरहेको’ जानकारी दिएका थिए ।

तर कुन स्तरमा, कस्तो खालको छलफल भइरहेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: माइनर र नेट स्वान्सनको अंग्रेजी म्यागाजिन फरेन अफेयर्समा इरानसँगको युद्ध अन्त्य गर्न खाडी मुलुकहरूले मध्यस्थता गर्न सक्छन् भन्ने प्रकाशित तर्क गम्भीर विचारणीय छ। खाडी मुलुकहरूसँग आर्थिक प्रभाव, कूटनीतिक सम्बन्ध र तत्कालीन क्षेत्रीय सुरक्षा चासो छन्, जसले युद्धरत पक्षहरूलाई वार्ताको टेबलमा ल्याउन सक्छन्। तर, यो प्रस्ताव एउटा महत्वपूर्ण मान्यतामा आधारित छ– वासिङ्टन वास्तवमै युद्ध अन्त्य गर्न ...
: अमेरिकाको फ्लोरिडास्थित पाम बीच काउन्टीमा एक निजी विमान दुर्घटना हुँदा त्यसमा सवार नौ जनाकै मृत्यु भएको छ। आइतबार दिउँसो अस्टिन-बर्गस्ट्रोम अन्तर्राष्ट्रिय विमानस्थलबाट बहामासतर्फ उडान भरेको 'लियरजेट ६०' विमान वेस्ट पाम बीच विमानस्थलबाट करिब चार माइल दक्षिणमा पर्ने मिलिटरी ट्रेल नजिकै दुर्घटनाग्रस्त भएको सीएनएनमा उल्लेख गरिएकाे छ। नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डको तथ्यांक अनुसार यो घटना ...
: रुसले युक्रेनका चार क्षेत्रमा रहेको ऊर्जा पूर्वाधारमा आक्रमण गरेपछि लाखौँ मानिस प्रभावित भएका छन्। रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा सयौँ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। शनिबार राति भएको आक्रमणमा भिनित्सिया क्षेत्रमा १३ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको युक्रेनको राज्य आपत्कालीन सेवाले जनाएको छ। आक्रमणबाट प्रभावित क्षेत्रमा विद्युत् सेवा ...
: फारसको खाडीमा जारी तनावका बीच इरानले रणनीतिक जलमार्ग 'होर्मुज स्ट्रेट' खोल्नका लागि नयाँ दुई दिने प्रस्ताव अघि सारेको छ। इरानी परराष्ट्रमन्त्री अब्बास अराघचीले कतारको मध्यस्थतामा भइरहेको कुराकानीपछि पूर्वप्रस्तावित सात दिने योजनालाई घटाएर दुई दिनमा झारिएको बताएका हुन्। अल जजिरासँग कुरा गर्दै मन्त्री अराघचीले अमेरिकाले पहिलो दिन इरानका पूर्वसर्तहरू (सैन्य कारबाही रोक्ने, नाकाबन्दी हटाउने, तेल प्रतिबन्धमा ...
: संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई सरकारले पर्यटक भिसा आवेदन प्रक्रियालाई थप सहज र डिजिटल बनाउन नयाँ व्यवस्था ल्याउने भएको छ। अब दुबई भ्रमण गर्न चाहने विदेशी नागरिकले ‘भिजिट दुबई’ को आधिकारिक वेबसाइटमार्फत सिंगल र मल्टिपल इन्ट्री पर्यटक भिसाका लागि आवेदन दिन सक्नेछन्। दुबईका युवराज तथा दुबई कार्यकारी परिषद्का अध्यक्ष शेख हमदान बिन मोहम्मद बिन ...