मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय झापाले मतदातालाई कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाउने निर्णय
जिल्ला प्रशासन कार्यालय झापाले मतदातालाई कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाउने निर्णय

। जिल्ला प्रशासन कार्यालय झापाले मतदातालाई कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाउने निर्णय गरेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंले संयुक्त विज्ञप्ति जारी गरी यस्तो निर्णय भएको बताएका हुन् ।

विज्ञप्तिमा मतदाताको गोपनीयता भंग गर्ने काम भइरहेको भन्दै रोक लगाइएको उल्लेख छ ।


‘फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लंघनको कार्य भएको,’ विज्ञप्तिमा उल्लेख छ,’यो सूचना जारी भएपश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि दलहरू अहिले चुनावी घरदैलोमा व्यस्त छन् । यही समयमा विभिन्न सञ्चारमाध्यममा मतदातालाई कसलाई मत दिने ? भन्ने प्रश्न सोध्ने गरिएको भन्दै कडाइ गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार (२१ माघ) देखि नेपाली सेना परिचालन हुने भएको छ । निर्वाचन पूर्वको सुरक्षा योजना अनुसार नेपाली सेना २१ माघदेखि फिल्ड गस्तीमा निस्कन लागेको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सेना २१ माघदेखि परिचालन हुँदैछ । ‘हाम्रोतर्फको ...
। निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेवारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता र विभिन्न दलबाट आएका जानकारीसमेतलाई आधार बनाएर ७६ जनाको नाम बन्दसूचीबाट हटाएको जानकारी गराएका छन् । जस अनुसार, कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जनाको नाम हटाइएको छ । प्रदेश सभाको बन्दसूचीतर्फ नाम कायम भएका ...
। २४ भदौको जेनजी आन्दोलनमा फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका-१ हुसेल बस्ने ४१ वर्षीय अशोक लो र रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ का अजय तामाङ भनिने सञ्जय तामाङ रहेका छन् । उनीहरू २४ भदौमा कारागारबाट फरार भएका थिए । लो कर्तव्य ज्यान मुद्द मा २५ वर्ष कैद सजाय सुनाएका ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयले प्रहरीलाई नियन्त्रण गर्ने नभई सक्षम बनाउन चाहेको बताएका छन् । काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालय प्रहरीलाई आदेश दिने निकाय मात्र नभई अभिभावक पनि भएको बताएका हुन् । प्रहरीलाई नीतिगत स्पष्टता, संस्थागत मजबुती र व्यावसायिक स्वतन्त्रता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । गृहमन्त्री ...
। प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले अनेकौ उतार चढावकाबीच प्रहरी संगठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुन: नागरिकको सेवामा समर्पित रहेको बताएका छन् । सोमबार काठमाडौंमा प्रहरी निरीक्षक आधारभूत तालिम १८३ औं समूह दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सात दशकको इतिहास बोकेको प्रहरीले अनेकौं उतार चढाव, जलन र दलनका बावजूद हिम्मतका साथ अझ दरो भई नागरिकको ...