मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट बिदा भएर निर्वाचनमा होमिएका आफ्ना क्याबिनेटका मन्त्रीहरूबारे स्पष्टीकरण दिएकी छिन्
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट बिदा भएर निर्वाचनमा होमिएका आफ्ना क्याबिनेटका मन्त्रीहरूबारे स्पष्टीकरण दिएकी छिन्

। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट बिदा भएर निर्वाचनमा होमिएका आफ्ना क्याबिनेटका मन्त्रीहरूबारे स्पष्टीकरण दिएकी छिन् । सोमबार राष्ट्रिय सभालाई पहिलो पटक सम्बोधन गर्न पुगेकी प्रधानमन्त्री कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा त्यसबारे स्पष्ट पारेकी हुन् ।

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्बाट कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता पदबाट राजीनामा दिएर चुनावमा होमिएका छन् ।


प्रधानमन्त्रीका अनुसार, उनीहरूले मन्त्री बन्नुअघि नै राजनीतिमा लाग्ने बताएका थिए । सोही अनुसार, आफूले बिदा गरेर पठाएको उनको भनाइ छ ।

‘नजानेहरू बसे, हामीलाई थाहा छ यसलाई इन्ट्रेस्ट छ भन्ने थाहा हुँदाहुँदै जेनजीको प्रेसरमा उनीहरू आएका हुन । आए गए । अहिले सम्पर्क छैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘उनीहरूले मात्रै चिया खाएर काम गरेका छन् ।’


साथै, उनीहरूलाई दोष नलगाउन पनि प्रधानमन्त्री कार्कीको आग्रह थियो ।

उनले थप प्रष्ट पार्दै भनिन्, ‘खासमा दोष लगाउने हो भने मलाई लगाउनुस्, उनीहरूलाई नलाउनुस् । किनभने मैले त्यतिखेर सरकार बनाउनैका लागि पनि भनेको थिएँ, जुन दिन तपाईंहरू जाने हो त्यो दिन बिदाइ गर्छु । तपाईंहरू जानुस् भनेको पनि हो । मलाई लाग्दैन कि उनीहरूले बेइमानी गरे भन्नु बेकार छ ।’

उनीहरूलाई त्यतिबेला मन्त्री बनाउन जेनजीहरूको ठूलो प्रेसर रहेको उनले बताइन् ।

‘उनीहरूको आफ्नो जीवन हो, उनीहरूको उमेर छ, उनीहरूको आफ्नो संस्कार छ । त्यसकारण मैले आज खुलाएँ कि मैले नै वचन दिएँ । जेनजीको प्रेसर थियो ल्याउनैपर्ने, उनीहरूको प्रेसर थियो हामी चाहेको बेलामा निस्केर जान्छौं भने । आजसम्म उनीहरूको कुनै सम्पर्क मन्त्रिपरिषद्सँग छैन,’ प्रधानमन्त्री कार्कीको प्रष्टोक्ति छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार (२१ माघ) देखि नेपाली सेना परिचालन हुने भएको छ । निर्वाचन पूर्वको सुरक्षा योजना अनुसार नेपाली सेना २१ माघदेखि फिल्ड गस्तीमा निस्कन लागेको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सेना २१ माघदेखि परिचालन हुँदैछ । ‘हाम्रोतर्फको ...
। निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेवारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता र विभिन्न दलबाट आएका जानकारीसमेतलाई आधार बनाएर ७६ जनाको नाम बन्दसूचीबाट हटाएको जानकारी गराएका छन् । जस अनुसार, कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जनाको नाम हटाइएको छ । प्रदेश सभाको बन्दसूचीतर्फ नाम कायम भएका ...
। २४ भदौको जेनजी आन्दोलनमा फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका-१ हुसेल बस्ने ४१ वर्षीय अशोक लो र रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ का अजय तामाङ भनिने सञ्जय तामाङ रहेका छन् । उनीहरू २४ भदौमा कारागारबाट फरार भएका थिए । लो कर्तव्य ज्यान मुद्द मा २५ वर्ष कैद सजाय सुनाएका ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयले प्रहरीलाई नियन्त्रण गर्ने नभई सक्षम बनाउन चाहेको बताएका छन् । काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालय प्रहरीलाई आदेश दिने निकाय मात्र नभई अभिभावक पनि भएको बताएका हुन् । प्रहरीलाई नीतिगत स्पष्टता, संस्थागत मजबुती र व्यावसायिक स्वतन्त्रता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । गृहमन्त्री ...
। प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले अनेकौ उतार चढावकाबीच प्रहरी संगठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुन: नागरिकको सेवामा समर्पित रहेको बताएका छन् । सोमबार काठमाडौंमा प्रहरी निरीक्षक आधारभूत तालिम १८३ औं समूह दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सात दशकको इतिहास बोकेको प्रहरीले अनेकौं उतार चढाव, जलन र दलनका बावजूद हिम्मतका साथ अझ दरो भई नागरिकको ...