मुख्य समाचार
सन् २०२६ को ग्रामी रेड कार्पेटमा कलाकारले निकै आकर्षक र अर्थपूर्ण पहिरन प्रदर्शन
सन् २०२६ को ग्रामी रेड कार्पेटमा कलाकारले निकै आकर्षक र अर्थपूर्ण पहिरन प्रदर्शन

। सन् २०२६ को ग्रामी रेड कार्पेटमा कलाकारले निकै आकर्षक र अर्थपूर्ण पहिरन प्रदर्शन गरेका छन् । यस पटकको फेसनमा ग्ल्यामरका साथै राजनीतिक सन्देश पनि उत्तिकै बलियो देखिएको छ ।

लेडी गागाले यस पटक म्याटिएरेस फेकालेसको डिजाइनमा सजिएर सबैको ध्यान खिचिन । उनले कालो प्वाँखहरूले भरिएको निकै आकर्षक र भव्य गाउन लगाएकी थिइन्, जसले उनलाई कुनै ‘डार्क एन्जेल’ जस्तै देखाएको थियो ।




पछिल्लो समय निकै चर्चामा रहेकी च्यापल रोनले मुगलरको साहसी र अलि भिन्न शैलीको पहिरन रोजिन् । उनको पहिरन र शैलीले रेड कार्पेटमा निकै हलचल पैदा गरेको थियो ।


ब्याड बनीले सियापारेलीको कस्ट्युम सुट लगाएर इतिहास रचेका छन् । यो यस ब्राण्डले पुरुषका लागि तयार पारेको पहिलो ’हाउटे कुउचर’ लुगा हो । उनको कोटको पछाडिको भागमा तुना बाँधिएको विशेष डिजाइन थियो ।

बिली आइलिसले ‘होडाकोवा’ ब्राण्डको कालो र सेतो पहिरन लगाएकी थिइन् । उनले आफ्नो लुगामा एउटा सानो पिन लगाएकी थिइन् जसमा ‘आइस आउट’ लेखिएको थियो । यो अमेरिकामा भइरहेको आप्रवासी विरोधी कदमको विरुद्धमा ऐक्यबद्धता जनाउन लगाइएको हो । जस्टिन बिबर र हेली बिबरले पनि यस्तै पिन लगाएका थिए ।

सप्रिना कार्पेन्टरले भ्यालेन्टिनाको सेतो र सुन्दर गाउन लगाएकी थिइन् । माइली साइरसले कालो छालाको ज्याकेट र एउटा निकै ठूलो ब्रोच लगाएर ‘रक स्टार’ लुक्स दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम