। २४ भदौको जेनजी आन्दोलनमा फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका-१ हुसेल बस्ने ४१ वर्षीय अशोक लो र रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ का अजय तामाङ भनिने सञ्जय तामाङ रहेका छन् ।
उनीहरू २४ भदौमा कारागारबाट फरार भएका थिए ।
लो कर्तव्य ज्यान मुद्द मा २५ वर्ष कैद सजाय सुनाएका व्यक्ति हुन् भने अजय चोरी मुद्दामा पुर्पक्षमा थिए ।
काठमाडौं अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनीहरू दुवै जनालाई सोमबार सम्बन्धित कारागार पठाइएको छ ।