मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा मृत्यु हुने युवाको सनाखत
मोटरसाइकल दुर्घटनामा मृत्यु हुने युवाको सनाखत

: शनिबार साँझ आरुघाट गाउँपालिका ३ छेपारेखोलामा मोटरसाइकल दुर्घटनामा मृत्यु हुने युवाको सनाखत भएको छ ।



आर्खेततर्फबाट सोतीतर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यू हुनेमा धार्चे गाउँपालिका २ केरौंजाबेशीका ३० बर्षीय मनबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



मृतककी दिदी भीममाया गुरुङले दुर्घटनामा परी मृत्यु भएका आफ्नो भाई मनबहादुर गुरुङ हो भनी आइतबार बिहान सनाखत गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित तीनजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। आयोगले वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपाने,सोही कार्यालयका सहयोगी गणेश प्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,हुलाक सेवा विभाग गोश्वरा हुलाक कार्यालय पार्सल शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई ...
: राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गरेका हुन्। उनले कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर ...
: प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल ३० जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न ...
: सिन्धुलीमा अनुदान प्राप्त कृषि मल कालोबजारी गर्ने तीन जना पक्राउ परेका छन्। सिन्धुलीको दुधौली नगरपालिका-९ स्थित दुधौली बजारमा नेपाल सरकारबाट अनुदान प्राप्त कृषि मल कालोबजारी गर्दै बिक्री गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार पक्राउ पुर्नेहरूमा दुधौली नगरपालिका ९ बस्ने विशेश्वर ...
: नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा तनहुँ म्याग्दे गाउँपालिका-७ घर भएका किरण सिंह ठकुरी, पर्वत फलेवास नगरपालिका-१० घर भएका ४० वर्षीय अनिल शर्मा, काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोट ककनी गाउँपालिका-१ बस्ने ४२ वर्षीय केशव फुयाल, नुवाकोट तादी गाउँपालिका-४ बस्ने ४७ ...