मुख्य समाचार
कांग्रेसका सभापति गगन थापाले अब पार्टीमा पुरानो ढर्राको अन्त्य भई नयाँ राजनीतिक संस्कृतिको सुरुवात भएको दाबी
कांग्रेसका सभापति गगन थापाले अब पार्टीमा पुरानो ढर्राको अन्त्य भई नयाँ राजनीतिक संस्कृतिको सुरुवात भएको दाबी

: नेपाली कांग्रेसका सभापति गगन थापाले अब पार्टीमा पुरानो ढर्राको अन्त्य भई नयाँ राजनीतिक संस्कृतिको सुरुवात भएको दाबी गरेका छन्। गुटबन्दी, भागबण्डा र ‘अँध्यारो कोठा’ का सम्झौताबाट मुक्त कांग्रेस निर्माण गर्ने उद्घोष गर्दै उनले पार्टीभित्र अब सबैको समान हक र सम्मान हुने बताएका हुन्।



शनिबार काठमाडौं–४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै सभापति थापाले आफू आज जुन जिम्मेवारीमा आइपुगेको छु, त्यो स्थानमा उभिन पाउने अधिकार सबै कांग्रेसजनसँग बराबर रहेको बताए । ‘म जहाँ छु, त्यहाँ उभिन पाउने हक तपाईंहरू सबैको हो’, उनले भने । थापाले यस पटक सहज मानिएको काठमाडौं निर्वाचन क्षेत्र छाडेर मधेसको सर्लाही–४ बाट चुनाव लड्ने निर्णय सोचेरै गरेको स्पष्ट पारे ।



पार्टीका स्थानीय नेताहरूले रोक्दा–रोक्दै पनि आफूले जोखिम उठाएको उल्लेख गर्दै उनले भने, ‘देशको नेतृत्व गर्ने हो भने मधेसलाई गम्ल्याङ अँगालो हाल्नु पर्छ ।’ उनले मधेसका मुद्दालाई आफ्नै मुद्दा बनाउने र मधेस–काठमाडौंबीच सेतु बन्ने उद्देश्यले आफू सर्लाही गएको बताए ।




‘म जोड्ने राजनीतिमा विश्वास गर्छु, तोड्ने राजनीतिमा होइन । उनले चेतनाको राजनीति गर्ने, उत्तेजनाको होइन भन्ने स्पष्ट सन्देश दिएका छन् । ‘काठमाडौं छाडेर गयो भनेर नभन्दिनु होला, त्यसो भनिदिँदा मलाई दुख्छ’, भन्दै भावुक बनेका थापाले काठमाडौंका नेता–कार्यकर्ता र स्थानीय समुदायसँगको सम्बन्ध निर्वाचनले नटुट्ने बताए ।

अब टिकटको लागि सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था हुँदैन

‘तपाईंहरू मेरो लागि नेता–कार्यकर्ता होइन, आमा–बुबा, दाजुभाइ, दिदीबहिनी जस्तै हुनुहुन्छ’, उनले भने । काठमाडौंले आफूलाई विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिसम्म धारिलो बनाएको उनको भनाइ थियो । सभापति थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन सम्पन्न हुने घोषणा गरे । नयाँ अधिवेशनपछि उम्मेदवार छनोट ‘प्राइमरी इलेक्सन’ मार्फत वडाबाटै हुने उनको भनाइ छ । ‘अब टिकटको लागि सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था हुँदैन’, उनले स्पष्ट पारे ।

थापाले कांग्रेसभित्र गुटबन्दी र ६०–४० को भागबण्डा समाप्त भएको दाबी गरे । ‘अब कांग्रेसभित्र न गुट छ, न भागबण्डा’, उनले भने, ‘पार्टीभित्र र बाहिर सबैलाई समान व्यवहार हुन्छ ।’

सभापति थापाले अब कांग्रेसमा कुनै पनि ‘अँध्यारो कोठा’ को राजनीति नहुने बताए। ‘पार्टी सभापतिको अँध्यारो कोठामा कसैसँग पनि अप्राकृतिक सम्झौता हुँदैन’, उनले भने ।

थापाका अनुसार नयाँ कांग्रेस भनेको केवल चुनाव जित्ने मात्र होइन, नयाँ प्रतिबद्धतासहित देश सम्हाल्ने क्षमता राख्ने कांग्रेस हो । अब नेता–कार्यकर्ताले बदलिएको कांग्रेसको सन्देश घरघरमा पुर्‍याउन उनले आह्वान गरे । ‘यो कांग्रेसले देश सम्हाल्छ’, भन्दै उनले भने, ‘अब कांग्रेस पुरानो होइन, जिम्मेवार, समावेशी र जोड्ने राजनीति गर्ने नयाँ युगको कांग्रेस हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय महाधिवेशन आगामी फागुन ३० देखि हुने भएको छ । महाधिवेशनको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिमा महाधिवेशन आगामी फागुन ३० देखि चैत २ गतेसम्म सम्मेलन तय भएको जनाइएको छ । ‘हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ हुने उक्त ...
। प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषाहरु सम्पत्ति भएकाले मर्न दिन नहुने बताएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुईवटा फरकफरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएकी हुन् । अध्यक्ष डा गोपाल ठाकुरको नेतृत्वमा आएको आयोगको प्रतिनिधिण्डलले मातृभाषा शिक्षासम्बन्धी प्रतिवेदन र अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२-२०३२) नेपालको राष्ट्रिय कार्ययोजना कार्यान्वयनसम्बन्धी ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित तीनजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। आयोगले वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपाने,सोही कार्यालयका सहयोगी गणेश प्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,हुलाक सेवा विभाग गोश्वरा हुलाक कार्यालय पार्सल शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई ...
: राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गरेका हुन्। उनले कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर ...
: प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल ३० जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न ...