मुख्य समाचार
रमेश लेखकले उम्मेदवार फेरिने कुरालाई अस्वभाविक रुपमा नलिन आग्रह
रमेश लेखकले उम्मेदवार फेरिने कुरालाई अस्वभाविक रुपमा नलिन आग्रह

: नेपाली कांग्रेसका नेता एंव पूर्व गृहमन्त्री रमेश लेखकले उम्मेदवार फेरिने कुरालाई अस्वभाविक रुपमा नलिन आग्रह गरेका छन ।



सोमबार नेपाली कांग्रेसले कञ्चनपुरको दोधारा चाँदनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता लेखकले उम्मेदवार फेरिने कुरालाई अस्वभाविक रुपमा नलिन नेता–कार्यकर्तालाई आग्रह गरेका हुन् ।


२०५६ सालदेखि कञ्चनपुरको क्षेत्र नम्बर–३ बाट निर्वाचन लड्दै आएका नेता लेखकले यस पटक टिकट नपाएपछि उनको निर्वाचन क्षेत्रमा चासोका साथ हेरिएको थियो । ‘यहाँ थुप्रै नेता–कार्यकर्ता एंव शुभ चिन्तकहरुले चुनाव किन नलडेको भनेर जिज्ञासा राख्नु हुन्छ ।’




नेता लेखकले भने, ‘उम्मेदवार फेरिए पनि कांग्रेस उहि हो चार तारे झण्डा उहि हो ।’ उनले २०५६ सालयताका निर्वाचनमा यस क्षेत्रबाट आफू पटक–पटक निर्वाचन लडेको बताउँदै यस पटक उम्मेदवार फेरिनु अस्वभाविक नभएको बताए ।

‘अहिले पार्टीभित्र केहि समस्या अन्तरसंघर्ष होलान् तर यो बेला निर्वाचनमा अरु पार्टीसँगको प्रतिष्पर्धा हो’, उनले भने, ‘पार्टीभित्रको अन्तरसंघर्षका बारेका विवाद गर्ने होइन त्यसलाई वैधानिक रुपले निर्णय गर्ने निर्णय गर्ला राजनीतिक रुपमा पार्टीभित्र हामी मिलौ ।’ उनले कांग्रेस जिताउन जतनाका बीचमा सबैले लाग्न जरुरी रहेको बताए ।

गत साता जेनजी आन्दोलनपछि पहिलो पटक गृह जिल्ला पुगेका नेता लेखकले चुनावी भेटघाटलाई तीव्रता दिएका छन् । लेखकले कार्यकर्ताहरूसँग भेटघाट र चुनावी रणनीतिमा छलफलमा व्यस्त छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बनेका लेखक यस पटक भने उम्मेदवार छैनन् । पार्टीले यो क्षेत्रबाट पूर्व जिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय महाधिवेशन आगामी फागुन ३० देखि हुने भएको छ । महाधिवेशनको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिमा महाधिवेशन आगामी फागुन ३० देखि चैत २ गतेसम्म सम्मेलन तय भएको जनाइएको छ । ‘हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ हुने उक्त ...
। प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषाहरु सम्पत्ति भएकाले मर्न दिन नहुने बताएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुईवटा फरकफरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएकी हुन् । अध्यक्ष डा गोपाल ठाकुरको नेतृत्वमा आएको आयोगको प्रतिनिधिण्डलले मातृभाषा शिक्षासम्बन्धी प्रतिवेदन र अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२-२०३२) नेपालको राष्ट्रिय कार्ययोजना कार्यान्वयनसम्बन्धी ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित तीनजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। आयोगले वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपाने,सोही कार्यालयका सहयोगी गणेश प्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,हुलाक सेवा विभाग गोश्वरा हुलाक कार्यालय पार्सल शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई ...
: राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गरेका हुन्। उनले कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर ...
: प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल ३० जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न ...