मुख्य समाचार
१५ वर्षपछि झापास्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने
१५ वर्षपछि झापास्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने

: १५ वर्षपछि झापास्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको छ। माघ २१ गतेदेखि सञ्चालन हुने कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको भद्रपुर क्रिकेट क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।



कोशी पर्यटन वर्षका अवसरमा प्रदेश सरकारको सहयोगमा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको मूल आयोजक समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज)ले जानकारी दिए। उनका अनुसार क्रिकेट पिच, मैदान, बाँसे प्यारापिट, स्कोर बोर्ड, पेविलियन लगायत अन्य तयारीको काम धमाधम भइरहेको छ। यो ग्राउण्डमा ८ हजार दर्शक अट्छन्। प्रतियोगिता हेर्न कुनै गेट शुल्क नलाग्ने उनको भनाइ छ।



माघ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका चार वटा र भारतका चार वटा गरी आठ वटा टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, फ्रेन्डस् यूथ क्लब डडेलधुरा, डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौं गोर्खाज डेभलपमेन्ट स्क्वाडल रहेका छन्।




त्यस्तै भारतको तर्फबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किम रहेका छन्। नेपालका क्लबहरूमा राष्ट्रिय टोलीका खेलाडीबाहेक एनपीएल खेलिसकेका खेलाडीहरू र भारतका क्लबहरूमा रञ्जित ट्रफी खेलिरहेका खेलाडीहरूको सहभागिता रहने संयोजक सुब्बाले जानकारी दिए।

एक करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ। त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार रुपैयाँ र ट्रफी पाउने छन्। उदीयमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ र ट्रफी पाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी पाउने क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए।

यसअघि २०६५ जेठ २१ गते नेपाल क्रिकेट संघ र मेची बहुमुखी क्याम्पसबीच क्याम्पस परिसरमा क्रिकेट मैदान सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको थियो। संघको तर्फबाट सदस्य छत्रप्रसाद अधिकारी र क्याम्पसको तर्फबाट तत्कालीन क्याम्पस प्रमुख टीका प्याकुरेलले हस्ताक्षर गरेपश्चात् क्रिकेट संघले क्रिकेट पिच बनाइदिएको थियो। खेल मैदान तयारी भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागितामा २०६७ फागुनमा बिनेश बर्मा स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो। सो प्रतियोगिता नेपाल सशस्त्र प्रहरी बलले उपाधि जितेको थियो।

त्यसपछि कुनै प्रतियोगिता नभएर ओझेलमा परेको जीर्ण क्रिकेट मैदानलाई पुनः सञ्चालनमा ल्याउनका यहाँका उद्योगी, व्यवसायी, जनप्रतिनिधि र खेलप्रेमी जुरमुराए। र, २०८० सालमा भद्रपुर क्रिकेट क्लब गठन गरी प्रक्रिया अघि बढाउँदै मेची क्याम्पससँग १९ बुँदे सम्झौता गरी खेल मैदान २५ वर्षसम्म भाडा (लिज) लिएको क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए। काँसघारी रहेको मैदानलाई दुई वर्षभित्र यहाँसम्म पुर्‍याएर अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्न सफल भएको अध्यक्ष पराजुलीको भनाइ छ।

कोशी सरकार, भद्रपुर नगरपालिका र विभिन्न दाताहरूको सहयोगमा निर्माण गरिएको यो क्रिकेट ग्राउन्ड कोशी प्रदेशकै उत्कृष्ट पिचसहितको खेल मैदान रहेको उनको दाबी छ। त्यस्तै भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले यो क्रिकेट ग्राउण्डको संरक्षण नगरपालिकाले गर्ने बताए।

नगरपालिकाले निर्माणाधीन पेविलियन भवनका लागि १५ लाख रुपैयाँ छुट्टाउँदै सम्झौता गरिसकेको अवस्था छ। नगरपालिकाले यस ग्राउन्डको भौतिक संरक्षणमा निर्माणमा निरन्तर सहयोग गर्दै आइरहेको बताउँदै नगर प्रमुख पोखरेले भने, ‘यो प्रतियोगितामा पनि नगरपालिकाले सहयोग गर्छ र प्रतियोगितालाई सफल बनाउन सबैको साथ सहयोग आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम