मुख्य समाचार
कोरियाको रोजगार तथा श्रम मन्त्रालयले हाललाई रोस्टर अवधि थप गर्न नसकिने स्पष्ट
कोरियाको रोजगार तथा श्रम मन्त्रालयले हाललाई रोस्टर अवधि थप गर्न नसकिने स्पष्ट

: कोरियाको रोजगार तथा श्रम मन्त्रालयले हाललाई रोस्टर अवधि थप गर्न नसकिने स्पष्ट पारेको छ। सउलस्थित नेपाली राजदूतावास र कोरियन रोजगार तथा श्रम मन्त्रालय बीच भएको छलफलमा कोरियन पक्षले सबै देशमा ईपीएस प्रणाली एकरूपतापूर्वक लागू भएकाले नेपालका लागि मात्र नियम परिवर्तन गरेर रोस्टर अवधि थप गर्न नसकिने बताएको हो।



छलफलमा कोरियन पक्षले सेक्टर परिवर्तन गर्न नसकिने भनी जानकारी प्राप्त भएको साथै कोरियाद्वारा सञ्चालित परीक्षा प्रणाली पारदर्शी एवं विश्वसनीय रहेको, कुनै पनि व्यक्ति, कर्मचारी वा निकायले आफूले चाहे अनुरूप जब म्याचिङ फाइल पठाउन नसकिने गरी स्वचालित अनलाइन प्रणाली रहेको हुँदा यस प्रणालीप्रति कुनै शंका नगर्न नगराउन पुनः स्मरण गराएको थियो।



नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज विज्ञप्ति जारी गरेर सउलमा भएको छलफल बारे जानकारी गराएको हो। विगत केही समयदेखि आफ्ना विभिन्न मागहरू राखी विभिन्न क्षेत्रका रोस्टरमा रही दक्षिण कोरिया जान प्रतिक्षामा रहेका तथा रोस्टर अवधि समाप्त भएका व्यक्तिहरुले ईपीएस कार्यालय तथा सीबीटी/युबीटी हल, भैंसेपाटी अगाडि धर्ना, जुलुस, आन्दोलन गरिरहेका छन्।




सामाजिक सुरक्षा मन्त्रालयले पीडितको मागहरूप्रति गम्भीर एवं सम्वेदनशील रहेको बताएको छ। मागकर्ताहरुले राखेका मागका विषयमा वार्ता समिति समेत गठन गरी ईपीएस कोरिया शाखाले नियमितजसो मन्त्रालय, विभाग, ईपीएस सेन्टर नेपाल, मागरत पक्ष, नेपाली राजदूतावास, सिओल र कोरियाको मानव संसाधन विकास केन्द्रसँग अनलाइनमार्फत समस्या समाधानको पहलका लागि निरन्तर पत्राचार, बैठक, संवाद एवं छलफल गरिरहेको जनाएको छ।

मन्त्रालयले दक्षिण कोरिया सरकारसँग कूटनीतिक पहलका लागि पत्राचार गरी वार्ताको विषयवस्तु समेत निर्धारण भइसकेको र कोरियन पक्षबाट आमन्त्रण सहितको जानकारी आए लगत्तै एक उच्च स्तरीय टोली दीर्घकालीन रूपमा समस्या समाधानार्थ छिट्टै दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको उल्लेख गरेको छ। मन्त्रालयबाट समस्या सामाधानका लागि गठित छानबिन समितिले बुझाएको प्रतिवेदनमा औंल्याइएका सुझावहरु सम्बन्धित निकायबाट क्रमशः कार्यान्वयनमा गइरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका छन् । यस वर्ष दौड्ने नेपाल रन यूके आवद्ध हरेक नेपालीले म्याराथनलाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित तथा उनीहरूका परिवारप्रति समर्पित गरे । हाफ म्याराथनलाई नेपाली धावकहरुले आफ्नो मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको एक सशक्त ...
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...