मुख्य समाचार
कोरियाको रोजगार तथा श्रम मन्त्रालयले हाललाई रोस्टर अवधि थप गर्न नसकिने स्पष्ट
कोरियाको रोजगार तथा श्रम मन्त्रालयले हाललाई रोस्टर अवधि थप गर्न नसकिने स्पष्ट

: कोरियाको रोजगार तथा श्रम मन्त्रालयले हाललाई रोस्टर अवधि थप गर्न नसकिने स्पष्ट पारेको छ। सउलस्थित नेपाली राजदूतावास र कोरियन रोजगार तथा श्रम मन्त्रालय बीच भएको छलफलमा कोरियन पक्षले सबै देशमा ईपीएस प्रणाली एकरूपतापूर्वक लागू भएकाले नेपालका लागि मात्र नियम परिवर्तन गरेर रोस्टर अवधि थप गर्न नसकिने बताएको हो।



छलफलमा कोरियन पक्षले सेक्टर परिवर्तन गर्न नसकिने भनी जानकारी प्राप्त भएको साथै कोरियाद्वारा सञ्चालित परीक्षा प्रणाली पारदर्शी एवं विश्वसनीय रहेको, कुनै पनि व्यक्ति, कर्मचारी वा निकायले आफूले चाहे अनुरूप जब म्याचिङ फाइल पठाउन नसकिने गरी स्वचालित अनलाइन प्रणाली रहेको हुँदा यस प्रणालीप्रति कुनै शंका नगर्न नगराउन पुनः स्मरण गराएको थियो।



नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज विज्ञप्ति जारी गरेर सउलमा भएको छलफल बारे जानकारी गराएको हो। विगत केही समयदेखि आफ्ना विभिन्न मागहरू राखी विभिन्न क्षेत्रका रोस्टरमा रही दक्षिण कोरिया जान प्रतिक्षामा रहेका तथा रोस्टर अवधि समाप्त भएका व्यक्तिहरुले ईपीएस कार्यालय तथा सीबीटी/युबीटी हल, भैंसेपाटी अगाडि धर्ना, जुलुस, आन्दोलन गरिरहेका छन्।




सामाजिक सुरक्षा मन्त्रालयले पीडितको मागहरूप्रति गम्भीर एवं सम्वेदनशील रहेको बताएको छ। मागकर्ताहरुले राखेका मागका विषयमा वार्ता समिति समेत गठन गरी ईपीएस कोरिया शाखाले नियमितजसो मन्त्रालय, विभाग, ईपीएस सेन्टर नेपाल, मागरत पक्ष, नेपाली राजदूतावास, सिओल र कोरियाको मानव संसाधन विकास केन्द्रसँग अनलाइनमार्फत समस्या समाधानको पहलका लागि निरन्तर पत्राचार, बैठक, संवाद एवं छलफल गरिरहेको जनाएको छ।

मन्त्रालयले दक्षिण कोरिया सरकारसँग कूटनीतिक पहलका लागि पत्राचार गरी वार्ताको विषयवस्तु समेत निर्धारण भइसकेको र कोरियन पक्षबाट आमन्त्रण सहितको जानकारी आए लगत्तै एक उच्च स्तरीय टोली दीर्घकालीन रूपमा समस्या समाधानार्थ छिट्टै दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको उल्लेख गरेको छ। मन्त्रालयबाट समस्या सामाधानका लागि गठित छानबिन समितिले बुझाएको प्रतिवेदनमा औंल्याइएका सुझावहरु सम्बन्धित निकायबाट क्रमशः कार्यान्वयनमा गइरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम