: सिन्धुलीमा अनुदान प्राप्त कृषि मल कालोबजारी गर्ने तीन जना पक्राउ परेका छन्। सिन्धुलीको दुधौली नगरपालिका-९ स्थित दुधौली बजारमा नेपाल सरकारबाट अनुदान प्राप्त कृषि मल कालोबजारी गर्दै बिक्री गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार पक्राउ पुर्नेहरूमा दुधौली नगरपालिका ९ बस्ने विशेश्वर महतोको छोरा बर् ४३ को पशुपति महतो, सिराहाको मिर्चैया नगरपालिका २ बस्ने शम्भु पण्डितको छोरा वर्ष २५ को रामकृष्ण पण्डित र उदयपुर कटारी नगरपालिका ३ बस्ने पदम लाल बास्तोलाको छोरा बर्ष ४९ को लाल प्रसाद बास्तोला छन्। उनीहरूलाई स१ख ८०० नम्बरको ट्रक र २ सय १६ बोरा मलखादसहित नियन्त्रणमा लिइएको हो।