मुख्य समाचार
हिमाली क्षेत्रमा फागुन २१ मा चुनाव हुन सम्भव नभए दोस्रो चरणमा गरिने
हिमाली क्षेत्रमा फागुन २१ मा चुनाव हुन सम्भव नभए दोस्रो चरणमा गरिने

। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली क्षेत्रमा फागुन २१ मा चुनाव हुन सम्भव नभए दोस्रो चरणमा गरिने बताएकी छन् ।

मंगलबार नवलपुरको हात्तीखोरस्थित राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा आयोजित कार्यक्रममा पुगेकी उनले हिमाली जसल्लामा चिसोका कारण समस्या भए दोस्रो चरणमा निर्वाचन हुने बताएकी हुन् ।




‘यदि हिमाली जिल्लामा हिमपातको अवस्था आएमा दोस्रो चरणमा निर्वाचन हुन्छ’ उनले भनिन् ।

त्यस्तै कार्कीले फागुन २१ मा शान्तीपूर्ण रुपमा निर्वाचन सम्पन्न हुने बताइन् । अहिले पुरै ध्यान निर्वाचनमा केन्द्रित भएको र शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न हुनेमा विश्वस्त रहेको उनको भनाइ छ ।




‘सवारी साधन संचालन हुने ठाउँमा मतदाताहरुलाई ओसारेर भए पनि निर्वाचन गराउने सरकारको तयारी छ,’ उनले भनिन्, ‘अहिले विशेष परिस्थितिमा निर्वाचन हुँदैछ । निर्वाचनमा करिब ३२ अर्ब खर्च हुन्छ, छिमेकी राष्ट्रबाट पनि सहयोग आएको छ । यदि निर्वाचन नहुने भए त्यो खर्च हामीले अन्य क्षेत्रमा गर्ने थियौँ ।’

उनले शान्तिपूर्ण निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै निर्वाचनमा सबै नागरिकको उत्सहजन सहभागिता र सहयोग आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबारको पुनर्निर्माण यसैवर्ष(२०८२)भित्रै सुरु गर्ने तयारी थालिएको छ । सरकारले भदौ २४ गते जलाइएका सिंहदरबार र सिंहदबार परिसरभित्र आगजनी र तोडफोड गरिएका संरचनाको पुनर्निर्माण यसैवर्ष भित्र सुरु गर्ने तयारी भइरहेको जनाएको छ । सिंहदरबारभित्रका भौतिक संरचनाको निर्माण र मर्मतसम्भार सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्ने गर्छ ...
: नेपाली कांग्रेसले आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन १६५ निर्वाचन क्षेत्रमै केन्द्रिय नेताहरु खटाएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रिय निर्वाचन परिचालन समितिले देशका ७७ वटै जिल्ला पुग्ने गरी केन्द्रिय नेताहरुलाई जिम्मेवारी दिएको कांग्रेस सभापति गगन थापाको सचिवालयले जनाएको छ । जस अनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापाका लागि सहमहामन्त्री डा. डिला संग्रौलासहित ...
। सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने भएको छ । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरणको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले कल्याणकारी समाजका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न ...
। रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर जुध्दा २१ जना विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर भएको दुर्घटनामा मणिग्रामको शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी घाइते भएका हुन् । आज मंगलबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जना भीम अस्पताल भैरहवामा उपचार गराइरहेका ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले झापाका सुकुम्वासीसँग भेटेका छन् । झापा–५ मा उम्मेदवार रहेका बालेनले मंगलबार बिहान झापाको कमल गाउँपालिकामा रहेको बस्ती पुगेर सुकुमवासीसँग भेटघाट गरेका हुन् । बालेन आफ्नो बस्ती पुग्दा स्थानीय सुकुमवासीले काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलाएको प्रसंग उठाएका छन् । यस्तै ‘बालेन आएपछि झापामै बसिरहेका सुकुमवासीलाई पनि उठाइदिन्छ’ भन्ने ...