मुख्य समाचार
एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ
एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ

: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ ।



अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी लिन्डा याकारिनो दुवैलाई अप्रिलमा हुने सुनुवाइमा उपस्थित हुन बोलाइएको छ ।



एक्सका कर्मचारीहरूलाई साक्षीको रूपमा सोधपुछ गरिने समेत जनाइएको छ । पेरिस अभियोजक लाउरे बेकुआउले ‘ग्रोकको यौनजन्य डीपफेकहरू’ अनुसन्धान गर्न दायरा फराकिलो बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले रुस–युक्रेन युद्ध अन्त्यका लागि अर्को साता यूएईको राजधानी आबु धाबीमा शान्ति वार्ता हुने दाबी गरेका छन् । समाचार अनुसार आगामी नोभेम्बर १० र ११ मा त्रिपक्षीय शान्ति वार्ता हुने भएको छ । गत फेब्रुअरीमा इरानसँगको युद्ध चर्किएपछि स्थगित भएको कूटनीतिक प्रयासलाई पुन: सुरु गर्ने क्रममा यो महत्त्वपूर्ण बैठक तय भएको ...
। बेलायत सरकारले स्थायी बसोबास (पीआर) सम्बन्धी बहुप्रतिक्षित नयाँ नियम घोषणा गरेको छ । बेलायती गृहमन्त्री सबाना महमुदले सोमबार संसदमा स्थायी बसोबास अर्थात आइएलआर (इन्डिफिनिट लिभ टु रिमेन) भिजा लिन चाहने आप्रवासीका लागि नयाँ नियम सार्वजनिक गरेकी हुन्। नयाँ नियम अनुसार, स्थायी बसोबासका लागि यसअघि भएको पाँच वर्षबाट दोब्बर बनाउँदै १० वर्ष पुरयाइएको छ । गृहमन्त्रीका अनुसार, नयाँ ...
: युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी हवाई आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । आक्रमणमा पाँच जना घाइते भएका छन् भने केही व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । क्षेत्रीय प्रमुख मिखाइलो सेमिकिनका अनुसार सोमबार कोमिशुभाखा गाउँस्थित मानवीय सहायता वितरण केन्द्रमा कम्तीमा नौवटा तीन हजार किलोग्रामका हवाई बम प्रहार गरिएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर ...
: युरोपका सात देशका दर्जनौँ सुपरमार्केटमा साइबर आक्रमण हुँदा फ्रिज तथा फ्रिजर प्रणाली प्रभावित भएका छन् । आक्रमणका कारण खाद्य सामग्री बिग्रिएपछि ठूलो परिमाणमा खाद्यान्न फाल्नुपर्ने अवस्था सिर्जना भएको छ । बेल्जियम, लक्जेम्बर्ग, स्विडेन, आयरल्यान्ड, नेदरल्यान्ड्स, इस्टोनिया र फिनल्यान्डका सुपरमार्केटहरू साइबर आक्रमणबाट प्रभावित भएको बिबिसिमा उल्लेख छ । । बेल्जियम र लक्जेम्बर्गका डेलहाइजका करिब ४० वटा सुपरमार्केटमा ...
: अमेरिकाले आफ्ना ‘वैध’ माग पूरा गरेमा दुई दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्न सकिने इरानले जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनका अनुसार इरान र अमेरिकाबीच मध्यस्थकर्तामार्फत हुने अप्रत्यक्ष वार्ताको आधार तेहरानले गत सेप्टेम्बरमा प्रस्ताव गरेको सातदिने योजना हुनेछ । इरानले सद्भावनाको सङ्केतस्वरूप ...