मुख्य समाचार
अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ
अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ

: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका हुन्।



राष्ट्रपति ट्रम्पको दाबीको केही समयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। यद्यपि,मोदीले आफ्नो पोस्टमा व्यापार सम्झौताबारे स्पष्ट उल्लेख नगरी भन्सार दर घटाइएको विषयमा मात्र खुशी व्यक्त गरेका छन्। उनले लेखेका छन्,'मेड इन इन्डिया उत्पादनहरूमा लाग्ने भन्सार अब १८ प्रतिशतमा झारिएकोमा खुशी लागेको छ।'



यसअघि अमेरिकाले भारतले रुसबाट कच्चा तेल खरिद गरेको भन्दै थप २५ प्रतिशत भन्सार लगाएको थियो। त्यसपछि भारतमाथि लाग्ने कुल भन्सार दर ५० प्रतिशतसम्म पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले रुस–युक्रेन युद्ध अन्त्यका लागि अर्को साता यूएईको राजधानी आबु धाबीमा शान्ति वार्ता हुने दाबी गरेका छन् । समाचार अनुसार आगामी नोभेम्बर १० र ११ मा त्रिपक्षीय शान्ति वार्ता हुने भएको छ । गत फेब्रुअरीमा इरानसँगको युद्ध चर्किएपछि स्थगित भएको कूटनीतिक प्रयासलाई पुन: सुरु गर्ने क्रममा यो महत्त्वपूर्ण बैठक तय भएको ...
। बेलायत सरकारले स्थायी बसोबास (पीआर) सम्बन्धी बहुप्रतिक्षित नयाँ नियम घोषणा गरेको छ । बेलायती गृहमन्त्री सबाना महमुदले सोमबार संसदमा स्थायी बसोबास अर्थात आइएलआर (इन्डिफिनिट लिभ टु रिमेन) भिजा लिन चाहने आप्रवासीका लागि नयाँ नियम सार्वजनिक गरेकी हुन्। नयाँ नियम अनुसार, स्थायी बसोबासका लागि यसअघि भएको पाँच वर्षबाट दोब्बर बनाउँदै १० वर्ष पुरयाइएको छ । गृहमन्त्रीका अनुसार, नयाँ ...
: युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी हवाई आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । आक्रमणमा पाँच जना घाइते भएका छन् भने केही व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । क्षेत्रीय प्रमुख मिखाइलो सेमिकिनका अनुसार सोमबार कोमिशुभाखा गाउँस्थित मानवीय सहायता वितरण केन्द्रमा कम्तीमा नौवटा तीन हजार किलोग्रामका हवाई बम प्रहार गरिएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर ...
: युरोपका सात देशका दर्जनौँ सुपरमार्केटमा साइबर आक्रमण हुँदा फ्रिज तथा फ्रिजर प्रणाली प्रभावित भएका छन् । आक्रमणका कारण खाद्य सामग्री बिग्रिएपछि ठूलो परिमाणमा खाद्यान्न फाल्नुपर्ने अवस्था सिर्जना भएको छ । बेल्जियम, लक्जेम्बर्ग, स्विडेन, आयरल्यान्ड, नेदरल्यान्ड्स, इस्टोनिया र फिनल्यान्डका सुपरमार्केटहरू साइबर आक्रमणबाट प्रभावित भएको बिबिसिमा उल्लेख छ । । बेल्जियम र लक्जेम्बर्गका डेलहाइजका करिब ४० वटा सुपरमार्केटमा ...
: अमेरिकाले आफ्ना ‘वैध’ माग पूरा गरेमा दुई दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्न सकिने इरानले जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनका अनुसार इरान र अमेरिकाबीच मध्यस्थकर्तामार्फत हुने अप्रत्यक्ष वार्ताको आधार तेहरानले गत सेप्टेम्बरमा प्रस्ताव गरेको सातदिने योजना हुनेछ । इरानले सद्भावनाको सङ्केतस्वरूप ...