मुख्य समाचार
संघीयताको भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको
संघीयताको भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको

: नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीयताको भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको बताएका छन्। सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको बताएका हुन्। अहिले प्रदेश र स्थानीय तहका सरकार केन्द्रको मातहतको जस्तो देखिएको उनले बताए।



संघीयताको भावना बोकेको प्रदेशहरूले पनि आफ्नो अधिकार प्रयोग गर्नै नसकेको भन्दै उनले संविधानले अनुसूचीमा रहेको अधिकारको बाँडफाँटको सूचीमा समेत समस्या रहेको धारणा राखे । सिटौलाले कतिपय ठाउँमा प्रदेश सरकारभन्दा बढी स्थानीय सरकारले राम्रो काम गरेको देखिएको उल्लेख गरे। उनले संघीयताको कार्यान्वयन सम्बन्धमा प्रतिनिधि सभा,राष्ट्रिय सभा दुवैले मिलेर एउटा साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए।



बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समिक्षा र मस्यौदा प्रतिवेदन उपर छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन १६५ निर्वाचन क्षेत्रमै केन्द्रिय नेताहरु खटाएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रिय निर्वाचन परिचालन समितिले देशका ७७ वटै जिल्ला पुग्ने गरी केन्द्रिय नेताहरुलाई जिम्मेवारी दिएको कांग्रेस सभापति गगन थापाको सचिवालयले जनाएको छ । जस अनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापाका लागि सहमहामन्त्री डा. डिला संग्रौलासहित ...
। सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने भएको छ । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरणको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले कल्याणकारी समाजका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न ...
। रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर जुध्दा २१ जना विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर भएको दुर्घटनामा मणिग्रामको शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी घाइते भएका हुन् । आज मंगलबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जना भीम अस्पताल भैरहवामा उपचार गराइरहेका ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले झापाका सुकुम्वासीसँग भेटेका छन् । झापा–५ मा उम्मेदवार रहेका बालेनले मंगलबार बिहान झापाको कमल गाउँपालिकामा रहेको बस्ती पुगेर सुकुमवासीसँग भेटघाट गरेका हुन् । बालेन आफ्नो बस्ती पुग्दा स्थानीय सुकुमवासीले काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलाएको प्रसंग उठाएका छन् । यस्तै ‘बालेन आएपछि झापामै बसिरहेका सुकुमवासीलाई पनि उठाइदिन्छ’ भन्ने ...
। रघुगङ्गा गाउँपालिका-५ मा पर्ने झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जङ्गलबाट भरुवा बन्दुक बरामद गरेको हो । जङ्गलमा राखेर रातको समयमा चोरीसिकारीमा प्रयोग हुने गरेको प्रहरीको आशङ्का छ । बन्दुक बरामद गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको ...