: एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले जनताले अनुभवी र परिपक्क पार्टीलाई जनताले मतदान गर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा पत्रकारसँग उनले मुलुकलाई अगाडि बढाउन ठोस भिजन र सिद्धान्त भएको पार्टी एमाले रहेको बताएका हुन्।
उनले भने, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता र राष्ट्रियताका विषय उठाउने दल कहिले पनि पुरानो हुँदैन। नयाँ भनेर अराजकताले स्थान पायो भने राजनीतिक स्थिरता मिल्दैन।’
उनले नेपाली कांग्रेसले समेत नयाँ भिजन दिन नसकेको र नयाँ अनुहारमात्र देखाउन खोजेको धारणा राखे।
उनले साना कमी कमजोरीलाई देखाएर नेपालको स्वाधीनतामाथि प्रहार हुन लागेको टिप्पणी गरे। उनले जनताले सुधारिएको पार्टी खोजेका हुन् कि नयाँ अनुहार खोजेका हुन् भन्ने बुझ्नु आवश्यक भएको बताए। गुरुङले सामाजिक सञ्जालमा एमालेले जमेर प्रतिवाद गर्ने हो भने सामाजिक सञ्जालमा पपुलिजममा रहेका आफैँ हट्ने दाबी गरे।
उनले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको नाममा संवैधानिक अंगहरू भंग गरिएको, प्रतिगमन भएको र षडयन्त्र गरिएको उल्लेख गरे।