मुख्य समाचार
संघ, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका कानुनबीच एकरूपता नदेखिएको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले निष्कर्ष
संघ, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका कानुनबीच एकरूपता नदेखिएको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले निष्कर्ष

। संघ, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका कानुनबीच एकरूपता नदेखिएको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । समितिले यसअघि सुदूरपश्चिम र वागमती प्रदेश तथा त्यहाँका स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनबारे अध्ययन गरेको थियो ।

प्रदेश र स्थानीय तहमा कानुन निर्माणको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथिको छलफलमा यस्तो निष्कर्ष निस्केको समिति सभापति तुलसाकुमारी दाहालले बताइन् ।

‘कतिपय कानुनहरू बन्न बाँकी रहेको तथा बनेका कानूनहरूमा संघ र प्रदेश सरकारले निर्माण गरेका कानूनहरूबीच एकरुपता देखिएन । स्थानीय तहमा कानून निर्माण गर्न कानूनी अधिकृतको दरबन्दी नै सिर्जना गरेर जानुपर्ने अवस्था छ । यता संघ सरकारले आवश्यक कानून निर्माण नगर्दा प्रदेश र स्थानीय तहलाई काम गर्न गाह्रो भएको अवस्था छ,’ उनले भनिन् ।




उनले अध्ययनका क्रममा प्रदेश तथा स्थानीय तहमा कानुन निर्माणको प्रक्रिया, एकल अधिकार सूचीअन्तर्गतका विषयवस्तु, प्रदेश सभा, गाउँसभा र नगरसभाले विधेयक पारित गर्ने प्रक्रियाबारे अध्ययन गरिएको उल्लेख गरिन् ।

उनका अनुसार अध्ययनका क्रममा केही स्थानीय तहले नमूनाका रूपमा कानून निर्माण गरेको पाइए पनि तिपय आवश्यक कानुन अझै निर्माण हुन बाँकी रहेको देखिएको छ ।

‘प्रदेश तथा स्थानीय तहमा कानुन निर्माणको प्रक्रिया के भइरहेको छ ? एकल अधिकार सूचिका विषयवस्तु, प्रक्रियागत कुराहरू प्रदेश सभा, गाउँ सभा र नगरसभाले कसरी पारित गर्यो, प्रदेश सभाले विधेयक निर्माण कसरी गर्नुभयो ? भनेर हामीले अनुभवको आदानप्रदान पनि गर्यौं । यो कार्य हामीले सुदूरपश्चिम प्रदेश तथा त्यहाँका तीन वटा पालिकामा र बागमती प्रदेशको साथै दुई वटा पाालिकामा हामीले यो काम गर्यौं,’ उनले भनिन् ।

उनले संघ र प्रदेश सरकारले निर्माण गरेका कानूनबीच एकरूपता नदेखिएको भन्दै प्रतिवेदनलाई पूर्णता दिएर राष्ट्रिय सभामा बहसको माग गर्ने समेत बताए ।

‘आजको समितिको बैठकमा त्यही अध्ययन प्रतिवेदनको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्यौं । माननीय सदस्यहरूले प्रतिवेदन निर्माणको लागि सुझावहरू समेत दिनुभएको छ । उहाँहरूको सुझावसहित प्रतिवेदनलाई पूर्णता दिएर राष्ट्रिय सभामा छलफलको माग गर्ने हाम्रो तयारी छ । तीन तहको सरकारबीचको अन्तरसम्बन्ध कानुन निर्माणको प्रक्रियामा के भइरहेको छ ? उहाँहरूले कसरी कानुन निर्माण गरिरहेका छन् ? हाम्रो अध्ययनबाट नमुनाको रुपमा कानुन निर्माण गरेको देखियो,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबारको पुनर्निर्माण यसैवर्ष(२०८२)भित्रै सुरु गर्ने तयारी थालिएको छ । सरकारले भदौ २४ गते जलाइएका सिंहदरबार र सिंहदबार परिसरभित्र आगजनी र तोडफोड गरिएका संरचनाको पुनर्निर्माण यसैवर्ष भित्र सुरु गर्ने तयारी भइरहेको जनाएको छ । सिंहदरबारभित्रका भौतिक संरचनाको निर्माण र मर्मतसम्भार सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्ने गर्छ ...
: नेपाली कांग्रेसले आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन १६५ निर्वाचन क्षेत्रमै केन्द्रिय नेताहरु खटाएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रिय निर्वाचन परिचालन समितिले देशका ७७ वटै जिल्ला पुग्ने गरी केन्द्रिय नेताहरुलाई जिम्मेवारी दिएको कांग्रेस सभापति गगन थापाको सचिवालयले जनाएको छ । जस अनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापाका लागि सहमहामन्त्री डा. डिला संग्रौलासहित ...
। सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने भएको छ । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरणको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले कल्याणकारी समाजका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न ...
। रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर जुध्दा २१ जना विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर भएको दुर्घटनामा मणिग्रामको शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी घाइते भएका हुन् । आज मंगलबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जना भीम अस्पताल भैरहवामा उपचार गराइरहेका ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले झापाका सुकुम्वासीसँग भेटेका छन् । झापा–५ मा उम्मेदवार रहेका बालेनले मंगलबार बिहान झापाको कमल गाउँपालिकामा रहेको बस्ती पुगेर सुकुमवासीसँग भेटघाट गरेका हुन् । बालेन आफ्नो बस्ती पुग्दा स्थानीय सुकुमवासीले काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलाएको प्रसंग उठाएका छन् । यस्तै ‘बालेन आएपछि झापामै बसिरहेका सुकुमवासीलाई पनि उठाइदिन्छ’ भन्ने ...