मुख्य समाचार
नक्कली सिमापास बनाइ नेपाल -चीन सिमानाको रसुवागढी नाकाहुँदै केरूङ जाँदै गरेका एकजनालाई प्रहरीले पक्राउ
नक्कली सिमापास बनाइ नेपाल -चीन सिमानाको रसुवागढी नाकाहुँदै केरूङ जाँदै गरेका एकजनालाई प्रहरीले पक्राउ

: सरकारी छाप किर्ते गरी नक्कली सिमापास बनाइ नेपाल -चीन सिमानाको रसुवागढी नाकाहुँदै केरूङ जाँदै गरेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी नायव निरीक्षक राजु शाहका अनुसार ओखलढुङगा सिजिजेम्वा गाउँपालिक–८ का कर्मा साङगे शेर्पा पक्राउ परेका हुन्।

शेर्पाविरुद्ध मुद्दा चलाइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन हुने बताएकी छन् । नवलपरासी (बर्दघाट सुस्ता) पूर्वको कावासोती नगरपालिका–१ हात्तीखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनका बेला हिमाली जिल्लाहरुमा बढी चिसो बढे दोस्रो चरणमा चुनाव हुने बताइन् । सरकारको पुरा ध्यान अहिले निर्वाचनमा केन्द्रित रहेको ...
। मकवानपुरमा एक चितुवा मृत फेला परेको छ । थाहा नगरपालिका–९ चित्लाङको महालक्ष्मी खोला किनारमा पोथी चितुवा मृत फेला परेको हो । इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मृत चितुवा ३९ केजी तौलको छ । एक सय ७० सेन्टिमिटर लामो सो चितुवा करिब ४ वर्षको भएको अनुमान गरिएको छ । मुखबाट रगत बगेको अवस्थामा भेटिएको चितुवाको मृत्युको कारण ...
गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा यहाँ प्रभावकारी बन्दै गएको छ
: श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले ‘फ्रि भिसा–फ्रि टिकट’ को व्यवस्था खारेज गर्न आवश्यक भएको बताएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन ‘फ्रि भिसा–फ्रि टिकट’ को व्यवस्था खारेज गरिनु पर्ने बताएका हुन् । मन्त्री भण्डारीले एक महिनाभित्र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका सबैखाले ‘सिण्डिकेट’ तोड्ने ...
। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबारको पुनर्निर्माण यसैवर्ष(२०८२)भित्रै सुरु गर्ने तयारी थालिएको छ । सरकारले भदौ २४ गते जलाइएका सिंहदरबार र सिंहदबार परिसरभित्र आगजनी र तोडफोड गरिएका संरचनाको पुनर्निर्माण यसैवर्ष भित्र सुरु गर्ने तयारी भइरहेको जनाएको छ । सिंहदरबारभित्रका भौतिक संरचनाको निर्माण र मर्मतसम्भार सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्ने गर्छ ...