मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेलको सम्भावना नरहेको
प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेलको सम्भावना नरहेको

। नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेलको सम्भावना नरहेको बताएका छन् ।

प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले २३ र २४ भदौको घटनामा एमाले र नेकपाको दृष्टिकोण नै फरक रहेकाले निर्वाचनमा तालमेल हुन नसक्ने बताएका हुन् ।


‘तालमेलको गीत गाइरहने कुरा हो। तर अहिले तत्काल यसो तालमेलको भइहाल्ला भन्ने सम्भावना म देख्दिनँ । फेरि पनि राजनीति भनेको चाहिँ असम्भव-सम्भवको खेल पनि हो हैन । दुई चार दिनभित्र सबै कुरा परिस्थिति निर्माण भएर नेकपा र नेकपा एमाले बीचमा तालमेल हुन्छ कि भन्ने तपाईंको आशंका छ । यो हुँदै हुँदैन भनेर ठोकुवा गर्ने विषय पनि होइन राजनीतिमा । तर आजको दिनमा चाहिँ हामीले हेर्दा खेरि के देखिन्छ भन्दा खेरि हामी भदौ २३ र २४ गतेको जुन बिस्फोट भयो । त्यसबाट जुन परिवर्तन आयो । त्यसलाई प्रतिगमन भन्छौं प्रतिक्रान्ति भन्छौं । आजसम्म नेकपाले त्यसलाई प्रतिक्रान्ति भनेको छैन । प्रतिगमन भनेको छैन । क्रान्तिकारी काम भयो भनेको छ । लोकतान्त्रिक चाहिँ अभ्यास भयो भनेको छ । त्यसकारण उहाँहरूको अहिलेको डिपार्चर र पोलिसको डिपार्चर र हाम्रो डिपार्चर चाहिँ उत्तर-दक्षिणमा छ । एन्टी करेन्ट गइराख्या छ । एन्टी डिक्लेसन गइराख्या देखिन्छ । त्यसकारण त्यो हिसाबले गर्दा खेरि मैले सम्भावना धेरै देख्दिनँ,’ उनले भने ।

अहिले कांग्रेसले पनि एक्लै चुनाव लड्ने भनिरहेको अवस्थामा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने उनले बताए ।


गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेसजति प्रतिबद्ध नेकपा नभएको तर्क गरे ।

अराजकता, अस्थीरता र प्रतिगमन सच्चाउनका लागि एमाले लाग्ने भएकाले केही स्थानमा सातोतिनो सहकार्य हुन सक्ने उनले बताए ।

त्यस्तै उपाध्यक्ष गुरुङले केही पार्टी र व्यक्तिले आफूलाई नयाँ अरूलाई पुराना भनेर आर‍ोप लगाउने गरेको भन्दै उनीहरूसँग कुनै एजेन्डा नै नरहेको बताए

कसैले आरोप लगाउँदैमा लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उनको भनाइ छ । उनले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन हुने बताएकी छन् । नवलपरासी (बर्दघाट सुस्ता) पूर्वको कावासोती नगरपालिका–१ हात्तीखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनका बेला हिमाली जिल्लाहरुमा बढी चिसो बढे दोस्रो चरणमा चुनाव हुने बताइन् । सरकारको पुरा ध्यान अहिले निर्वाचनमा केन्द्रित रहेको ...
। मकवानपुरमा एक चितुवा मृत फेला परेको छ । थाहा नगरपालिका–९ चित्लाङको महालक्ष्मी खोला किनारमा पोथी चितुवा मृत फेला परेको हो । इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मृत चितुवा ३९ केजी तौलको छ । एक सय ७० सेन्टिमिटर लामो सो चितुवा करिब ४ वर्षको भएको अनुमान गरिएको छ । मुखबाट रगत बगेको अवस्थामा भेटिएको चितुवाको मृत्युको कारण ...
गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा यहाँ प्रभावकारी बन्दै गएको छ
: श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले ‘फ्रि भिसा–फ्रि टिकट’ को व्यवस्था खारेज गर्न आवश्यक भएको बताएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन ‘फ्रि भिसा–फ्रि टिकट’ को व्यवस्था खारेज गरिनु पर्ने बताएका हुन् । मन्त्री भण्डारीले एक महिनाभित्र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका सबैखाले ‘सिण्डिकेट’ तोड्ने ...
। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबारको पुनर्निर्माण यसैवर्ष(२०८२)भित्रै सुरु गर्ने तयारी थालिएको छ । सरकारले भदौ २४ गते जलाइएका सिंहदरबार र सिंहदबार परिसरभित्र आगजनी र तोडफोड गरिएका संरचनाको पुनर्निर्माण यसैवर्ष भित्र सुरु गर्ने तयारी भइरहेको जनाएको छ । सिंहदरबारभित्रका भौतिक संरचनाको निर्माण र मर्मतसम्भार सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्ने गर्छ ...