मुख्य समाचार
बालेन साहलाई झापा–५ मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उतार्नु आकस्मिक नभई योजनाबद्ध राजनीतिक चाल हुनसक्ने दाबी
बालेन साहलाई झापा–५ मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उतार्नु आकस्मिक नभई योजनाबद्ध राजनीतिक चाल हुनसक्ने दाबी

: नेकपा (एमाले)का सचिव भानुभक्त ढकालले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साहलाई झापा–५ मा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उतार्नु आकस्मिक नभई योजनाबद्ध राजनीतिक चाल हुनसक्ने दाबी गरेका छन्।



स्थापित राष्ट्रिय नेतृत्वसँग प्रत्यक्ष भिडाएर बालेनलाई क्रमशः कमजोर बनाउने उद्देश्य यसभित्र लुकेको हुन सक्ने उनले बताए। विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ढकालले बालेनजस्ता उदीयमान राजनीतिक व्यक्तित्वलाई अनुभवी, संगठनात्मक रूपमा मजबुत नेतृत्वसँग ठोक्काउनु सामान्य संयोग नहुने बताए। उनले बालेनको सम्भावित निर्णयलाई व्यक्तिगत चाहनाको सीमामा मात्रै सीमित गरेर नहेर्न आग्रह गर्दै यसमा बाह्य मात्र नभई आन्तरिक रणनीति पनि हुनसक्ने संकेत गरे।



‘बालेनलाई झापा लगेर ओलीसँग भिडाउनु कतै उनकै वरपरको घेराभित्रको रणनीति त होइन ?’ ढकालले प्रश्न गरे। उनका अनुसार ओलीसँग चुनावी प्रतिस्पर्धा गराउनु भनेकै बालेनलाई राजनीतिक रूपमा कमजोर बनाउने प्रयास हो। ढकालले सामाजिक सञ्जाल र केही मिडियामा देखिएको उत्साहलाई भावनामा आधारित अस्थायी राजनीतिक माहोलको रूपमा चित्रण गरे। यस्तो माहोल दीर्घकालीन नहुने भन्दै उनले भने, ‘अहिले ज्वरो आएजस्तो देखिन्छ। तर, समयसँगै आफैं घटेर जान्छ। भावनामा आधारित राजनीति टिकाउ हुँदैन।’




उनले अन्ततः चुनाव जित्ने निर्णायक तत्व संगठन, कार्यकर्ता र दीर्घकालीन जनआधार नै भएको बताए। झापाको राजनीतिक इतिहास र वर्तमान संगठनात्मक अवस्थालाई उदाहरण दिँदै उनले एमालेको पकड अझै बलियो रहेको दाबी गरे। ‘भावनाले होइन। संगठनले चुनाव जितिन्छ,’ ढकालको भनाइ थियो। आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले स्पष्ट एकल बहुमत ल्याउने दाबी गर्दै ढकालले नयाँ राजनीतिक शक्तिहरूलाई अस्थायी लहरको संज्ञा दिए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूको लोकप्रियतालाई ‘क्षणिक चर्चा’ भन्दै स्थापित दलहरूप्रतिको जनसमर्थन अझै मजबुत रहेको दाबी गरे।

पत्रकार सम्मेलनमा ढकालले हालै ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको फोन संवादलाई सामान्य राजनीतिक प्रक्रिया भएको बताए। नेतृत्व तहमा संवाद हुनु स्वाभाविक भएकाले यसलाई अनावश्यक रूपमा अर्थ लगाउन नपर्ने उनको भनाइ थियो।

ढकाल २०७४ र २०७९ को निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए। २०७४ सालमा नेपाली कांग्रेसका डा. सुनील शर्मालाई हराएर चुनाव जितेका उनी २०७९ सालमा उनै शर्मासँग पराजित भएका थिए। ढकाल यसपटक गृहजिल्ला तेह्रथुमबाट एमालेका उम्मेदवार हुन्।

मोरङ–३ मा एमालेले ईरान राईलाई उम्मेदवार बनाएको छ। राईको जित सुनिश्चित रहेको दाबी पनि ढकालले गरे। पत्रकार सम्मेलनमा एमालको केन्द्रीय सदस्य पर्शुराम बस्नेत, कोशी प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीलगायत नेताहरू उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । टीकापुर नगरपालिका-७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा मंगलबार बिहान टीकापुरबाटै भजनीतर्फ जाँदै गरेको भे१त ४५५६ नम्बरको सरिया लोड गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रलीमा सवार भजनी नगरपालिका-७ चर्रा बस्ने २५ वर्षीय कबिर कठरिया गम्भीर ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ज–जसले गठबन्धन गरे पनि परिणाम स्वीकार्न तयार रहेको बताएका छन् । केहि दिनको मौनता तोड्दै सभापति लामिछानेले सामाजिक सञ्जालमा आक्रमक स्टाटस लेख्दै देशमा अन्तिम सुनामीको तयारी रहेको बताउँदै अन्य राजनीतिक शक्तिहरु जो–जो मिल्ने हो मिल्न चुनौति दिएका छन् । उनले देशमा आउँदै गरेको अन्तिम सुनामीलाई रोकेर देखाउन समेत ...
। ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ । यस्तै, समितिको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४ ...
: प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन हुने बताएकी छन् । नवलपरासी (बर्दघाट सुस्ता) पूर्वको कावासोती नगरपालिका–१ हात्तीखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनका बेला हिमाली जिल्लाहरुमा बढी चिसो बढे दोस्रो चरणमा चुनाव हुने बताइन् । सरकारको पुरा ध्यान अहिले निर्वाचनमा केन्द्रित रहेको ...
। मकवानपुरमा एक चितुवा मृत फेला परेको छ । थाहा नगरपालिका–९ चित्लाङको महालक्ष्मी खोला किनारमा पोथी चितुवा मृत फेला परेको हो । इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मृत चितुवा ३९ केजी तौलको छ । एक सय ७० सेन्टिमिटर लामो सो चितुवा करिब ४ वर्षको भएको अनुमान गरिएको छ । मुखबाट रगत बगेको अवस्थामा भेटिएको चितुवाको मृत्युको कारण ...