। पर्सा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अशोक टेमानीले मतदातालाई कपडा वितरण गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
टेमानी जनता समाजवादी पार्टी (जसपा) नेपालका हुन् । उजुरी प्राप्त भएपपछि आयोगले मेमानीलाई स्पष्टीकरण सोधेको छ ।
स्पष्टीकरण पत्रमा आयोगले भनेको छ, ‘तपाईं जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवार रहनुभएका व्यक्तिले निर्वाचन आचारसंहिताको उल्लघंनन गर्दै कपडा वितरण गरेको भनी उजुरी परेको हुँदा यो पत्र लेखे कार्य भएको हो ।’ यस्तो कार्यनिर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (व) को प्रतिकूल रहेको आयोगले जनाएको छ ।
‘तपाईले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई प्रभावित पार्ने उद्देश्यले जिन्सी वितरण गर्ने कार्यले आचारसंहिताको उल्लिखित व्यवस्थाको उल्लघंन हुन्छ वा हुँदैन ? यदि तपाईले आचारसंहिताको उल्लिखित व्यवस्थाको उल्लघंनन गर्नु भएको प्रमाणित भएमा तपाईंलाई आचारसंहिता र प्रचलित निर्वाचन कानुन बमोजिम किन कारवाही गर्नु नपर्ने हो ?’ स्पष्टीकरण पत्रमा भनिएको छ ।
कुनै माध्यमबाट पत्र प्राप्त भएको ४८ घण्टाभित्र आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्सामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।